काठमाडौं– ऋणीसँग अनधिकृत रूपमा बढी ब्याज असुल गरेको पुष्टि भएपछि नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंक लिमिटेडलाई कारबाही गरेको छ।
बैंकले कर्जा सम्झौतामा आवश्यक पारदर्शिता नदेखाएको, ब्याजदरसम्बन्धी महत्त्वपूर्ण विवरणहरू अस्पष्ट रूपमा उल्लेख गरेको र ऋणीलाई जानकारी नदिई ब्याजदर परिवर्तन गरेको पाइएपछि राष्ट्र बैंकले बैंकलाई सचेत गराएको हो।
राष्ट्र बैंकको एकीकृत निर्देशनअनुसार कुनै पनि बैंकले ऋणीसँग कर्जा सम्झौता गर्दा कर्जाको प्रकार, ब्याजदरको गणना, किस्ता तिर्ने विधि र सम्झौतामा लागू हुने नियमबारे स्पष्ट र सरल भाषामा उल्लेख गर्नुपर्छ। तर एनआईसी एशियाले यस्ता आधारभूत प्रावधानको उल्लंघन गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ।
बैंकले ब्याजदर परिवर्तन गर्दा ऋणीलाई कुनै जानकारी नदिई नयाँ दरमा किस्ता असुल गरेको तथा कर्जा सेवा सर्तहरूमा पारदर्शिता नदेखाएको विवरण राष्ट्र बैंकको निरीक्षण प्रतिवेदनमा उल्लेख छ। राष्ट्र बैंकले यस्तो कार्यलाई ग्राहक अधिकारमाथिको गम्भीर उल्लंघन मानेको छ।
एक समय नेपालको सबैभन्दा आक्रामक ब्रान्डिङ गरेको बैंकका रूपमा चिनिएको एनआईसी एशिया अहिले आफ्नो पहिचान जोगाउन संघर्षरत गरिरहेको छ। ग्राहकहरूको विश्वास जित्ने होडमा रंगीन प्रचार–प्रसारमा अग्रसर रहे पनि संस्थागत पारदर्शिता, सामाजिक उत्तरदायित्व र वित्तीय नैतिकता जस्ता मूल्यहरू उपेक्षा हुँदा ब्रान्डको वास्तविक सार संकटमा परेको छ।
प्रचारका भित्ताहरूमा टाँसिएको ‘बैंक पनि साथी पनि’ भन्ने नारा अहिले आफैँमा ‘गिज्याहास’को विषय बन्न थालेको छ। ग्राहकको नजरमा बैंकको छवि बाहिरी चमकभन्दा पनि आन्तरिक संरचनाको आधारमा बनिने गर्छ र एनआईसी एशिया हाल त्यसैको परीक्षणमा परेको छ।
जनमानसमा यो महसुस हुन थालेको छ कि प्रचारभन्दा बढ्ता, संस्थागत उत्तरदायित्व महत्त्वपूर्ण हुन्छ। राष्ट्र बैंकको चेतावनीलाई धेरैले प्राविधिक गल्तीको रूपमा नभई, संस्थागत चरित्रको आन्तरिक कमजोरीको प्रतिबिम्बको रूपमा लिएका छन्।
विश्लेषकहरू भन्छन्- ‘एनआईसी एशियाले आफ्नो संकटलाई आत्मसात गर्दै, पारदर्शिता र जबाफदेहितासहित संरचनात्मक सुधारमा लाग्ने हो भने मात्र उसले आफ्नो पुरानै प्रतिष्ठा फर्काउन सक्छ। नत्र, विगतका उपलब्धिहरू प्रचारको याद मात्र बन्नेछन्, र ‘बैंक पनि साथी पनि’ भन्ने नारा एक विडम्बनाका रूपमा इतिहासमा दर्ज हुनेछ।
नियामक निकायको भनाइमा अब बैंकहरूले नियम पालना नगर्दा उन्मुक्ति पाइने अवस्था छैन। ग्राहकसँग गरिने प्रत्येक सम्झौता पारदर्शिता र विश्वासको दस्ताबेज हुनुपर्छ भन्ने सन्देश राष्ट्र बैंकले यस कारबाहीमार्फत दिएको छ।
एनआईसी एशिया बैंकले यस चेतावनीलाई अवसरको रूपमा लिएर आत्मसमीक्षा र सुधारको बाटो रोजेमा मात्रै उसले गुमाउँदै गएको जनविश्वास पुनः कायम गर्न सक्छ।
याे पनि,
एनआईसी एशियाले लिलामीमा बेच्न खोजेको जग्गा सरकारी अभिलेखमै नभेटिएपछि….
‘विगतमा ‘साथी’ बन्ने प्रतिबद्धता जनायो, आज आफ्ना साथीसँगै लडिरहेको छ’
‘बैंक लिलामीमै अल्झियो, हामी कहाँ जाउँ?’
एनआईसी एशिया बैंकका सीईओको राजीनामा !
संकटमा एनआईसी एशिया बैंक: आठ महिनामै मुनाफा ६७.७५ प्रतिशतले घट्यो
एनआईसीका कम्युनिकेसन प्रमुख भट्टराई कारबाहीमा, मिडियाबाट अनुचित लाभ लिएको आरोप
एनआईसीका अध्यक्ष तुलसीराम अग्रवाल किर्ते कार्यमा संलग्न
संकटमा एनआईसी एसिया, धमाधम बेच्दै स्वामित्वको शेयर
‘बैंक पनि साथी पनि’ भन्दै साथीलाई नै लुट्दै एनआईसी एसिया बैंक
काण्डै-काण्डपछि संकटको बाटोमा एनआईसी एशिया : नाफामा उच्च गिरावट, कर्जा असुली गर्न छुट तर ‘असफल’
संकटको बाटो पछ्याउँदै एनआईसी एसिया, निफ्राबाट किन बाहिरियो?
बैंकको आतंक बढ्दै, ऋणीलाई दिनरात टर्चर दिदैं एनआइसी एसिया, राष्ट्र बैक मूकदर्शक!
धापासीको अर्बौँको जग्गा कौडीको भाउमा कब्जा गर्दै ‘एनआईसी एशिया’
संकटमा एनआइसी: ‘रिकभरी’मा समस्यापछि भाखा नाघेका ऋणीलाई भुक्तानीमा छुट
संकटको बाटो पछ्याउँदै एनआईसी एशिया, ऋण भन्दा धितो असुलेर ‘बिचल्ली बनाउन उद्यत’
संकटमा एनआईसी: ऋण उठाउन नसकेपछि गुहार्यो ‘कम्पनी रजिस्ट्रार कार्यालय’
संकटमा एनआईसी: भू-माफियाको मिलेमतोमा ऋणीको धितो बिक्री, स्थानीय आन्दोलित
प्रतिक्रिया