+
Search

ताजा अपडेट +

पपुलर +

यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय

पालिका लाइभ
२०८३ बैशाख ३०, बुधबार

काठमाडौं– मन्त्रिपरिषद् बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३ स्वीकृत गरेको छ ।

आज बसेको बैठकले नियमावली स्वीकृत गरेको सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बताए ।

बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने पनि निर्णय गरेको छ ।

भूमिसम्बन्धी २१ औँ संशोधन नियमहरू, २०८३ स्वीकृत गर्ने निर्णय भएको बताए ।

सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभा सदस्यहरू सुशील खड्का र योगेश गौचन थकालीलाई मनोनयन गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ