+
Search

ताजा अपडेट +

पपुलर +

रास्वपा महाधिवेशनमा बाबुराम भट्टराईले भने- म जीवनभर मर्न हिँडेको मान्छे, के ललिपप खाने ?

पालिका लाइभ
२०८३ असार ७, आईतवार

काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले नेतृत्व गरेको वैकल्पिक अभियानको महत्त्वपूर्ण उपलब्धिका रूपमा रास्वपाको सफलतालाई ग्रहण गरेको बताएका छन् । आफू कुनै पनि ललिपपको पछाडि भने नलागेको उनले स्पष्ट पारे ।

आज रास्वपाको महाधिवेशन उद्घाटन समारोहमा बोल्दै भट्टराईले आफूलाई रास्वपाले ललिपप देखाएको भनेर भइरहेका टिप्पणीप्रति गुनासो गरेका हुन् ।

उनले भने, ‘हाम्रो समाज अत्यन्तै न्यून चेतना स्तरको छ । यसले के पाउन लाग्यो, रास्वपाले के ललिपप देखाइदियो भनिरहेको सुन्छु । म सारा जीवन मर्न हिँडेको मान्छे, के ललिपप खाने भन्नुस् त ? सबै थोक प्राप्त गरेको छु । तपाईँहरूको सद्भावले प्रधानमन्त्री भइसकेको मान्छे, के ललिपप खाने ?’

आफू ललिपप होइन सबैलाई सुशासन र समृद्धिको फल प्राप्त होस भनेर हिँडेको उनले बताए ।

‘म र मभन्दा अगाडिको पुस्ताले योगदान गर्‍यो, त्यसैको पछिल्लो कडी वैकल्पिक र नयाँ राजनीतिक हो । त्यसको अगुवा शक्तिका रूपमा रास्वपा आएकोमा बधाई छ,’ उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ