+
Search

ताजा अपडेट +

पपुलर +

टेलिकमका सेवा प्रयोगबापतको बक्यौता पुससम्म तिरे जरिवाना छुट

पालिका लाइभ
२०८३ श्रावण २०, बुधबार

काठमाडौं– नेपाल टेलिकमले कम्पनीका सेवा प्रयोग गरेबापत तिर्नुपर्ने महसुल तिर्न बाँकी ग्राहकहरूका लागि छुटको व्यवस्था गरेको छ।

कम्पनीले एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष ०८०/८१ सम्मको बक्यौता रकम २०८३ पौष मसान्तसम्म भुक्तानी गरेमा सोमा लाग्ने जरिवाना छुट प्रदान गरिएको बताएको छ।

कम्पनीले नजिकको दूरसञ्चार कार्यालयमा गई अवसरको सदुपयोग गर्न सम्बन्धित सबै ग्राहकहरूलाई अनुरोध समेत गरेको छ ।

यसका साथै कम्पनीलाई भुक्तानी गर्नुपर्ने बाँकी बक्यौता भुक्तानी नगर्ने ग्राहकहरूको नाम नामेसी सहितको विवरण कम्पनीको वेबसाइट तथा पत्रिकामार्फत सार्वजनिक सूचना प्रकाशन गरी असुली प्रक्रिया अगाडि बढाइने समेत कम्पनीले जानकारी दिएको छ ।

नेपाल टेलिकमका विभिन्न प्रकारका सेवा उपयोग गरे बापत तिर्नुपर्ने महसुल नतिर्ने ग्राहकहरूलाई लक्षित गरी यस्तो छुट उपलब्ध गराइएको हो। यसबाट ग्राहकवर्ग समेत लाभान्वित हुने र कम्पनीको बक्यौता रकम समेत असुल उपर हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ