+
Search

ताजा अपडेट +

पपुलर +

आईएमई लाइफको ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

पालिका लाइभ
२०८३ श्रावण १७, आईतवार

काठमाडौं– आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट कार्य गर्ने अभिकर्ताहरूलाई सम्मान गर्ने उद्देश्यले ‘आईएमई लाइफ बिजनेस एक्सिलेन्स अवार्ड नाइट–२०२६’ आयोजना गरेको छ।

शुक्रवार होटल याक एन्ड यतीमा आयोजित कार्यक्रममा ३५० भन्दा बढी अभिकर्ताको सहभागिता रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार अभिकर्ताहरूको योगदानको सम्मान, क्षमता अभिवृद्धि, उत्प्रेरणा र व्यावसायिक हौसला बढाउने उद्देश्यले यस्ता कार्यक्रम नियमित रूपमा आयोजना गरिँदै आएको छ।

कार्यक्रममा आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्याल, सञ्चालकहरू, उच्च व्यवस्थापन तथा अन्य पदाधिकारीको उपस्थिति थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले कम्पनीको उल्लेखनीय प्रगतिमा अभिकर्ताको मेहनत र प्रविधिको प्रभावकारी प्रयोग मुख्य आधार रहेको बताए। उनले आगामी दिनमा अभिकर्ताको कामलाई थप प्रभावकारी बनाउन अत्याधुनिक प्रविधिमा लगानी बढाइने जानकारी दिए।

आईएमई ग्रुपका प्रबन्ध निर्देशक ढकालले पछिल्ला आठ वर्षमा कम्पनीले उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै प्रविधिमैत्री सेवा प्रवाहमार्फत आईएमई लाइफले बीमा क्षेत्रमा नयाँ उचाइ हासिल गरिरहेको बताए।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. अर्यालले प्रत्येक बीमा अभिकर्ताले बीमा परामर्शदाताको भूमिकामा आफूलाई विकास गर्नुपर्नेमा जोड दिँदै उनीहरूको व्यावसायिक क्षमता अभिवृद्धिका लागि कम्पनीले निरन्तर तालिम र सहयोग उपलब्ध गराउने बताए।

त्यसैगरी प्रमुख कार्यकारी अधिकृत पवन खड्काले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले हासिल गरेको व्यावसायिक सफलतामा अभिकर्ताहरूको भूमिका निर्णायक रहेको उल्लेख गरे। उनले कम्पनीले अभिकर्तालाई केन्द्रमा राखेर नयाँ योजना ल्याउँदै सेवा प्रणालीलाई समयानुकूल परिमार्जन गरिरहेको र आगामी दिनमा डिजिटल सेवालाई थप प्रभावकारी बनाउँदै व्यवसाय विस्तार गर्ने लक्ष्य रहेको बताए।

कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने, सर्वाधिक बीमालेख जारी गर्ने तथा उल्लेखनीय व्यवसाय गर्ने अभिकर्ताहरूलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ