काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना उपसचिवको सरुवा गरेको छ।
मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिवहरूको सरुवा गर्दै ९ वटा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतसमेत परिवर्तन गरेको हो।
मन्त्रालयको सरुवा निर्णयअनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका निर्देशक उत्तमकुमार घिमिरेलाई धनकुटाको पाख्रिबास नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको छ। त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उपसचिव आनन्दकुमार ठाकुरलाई सप्तरीको सुरुङ्गा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ।
सरुवा सूचीअनुसार लम्कीचुहा नगरपालिका, कैलालीमा गोकर्णप्रसाद उपाध्याय, बेंसीशहर नगरपालिका, लमजुङमा माधवप्रसाद ढकाल, पाख्रिबास नगरपालिका, धनकुटामा उत्तमकुमार घिमिरे, मेलम्ची नगरपालिका, सिन्धुपाल्चोकमा अनुषा कोइराला, भोजपुर नगरपालिकामा विवेक घिमिरे, जैमिनी नगरपालिका, बागलुङमा रमेश पाण्डेय, महाराजगन्ज नगरपालिका, कपिलवस्तुमा हिमाल गौतम, नमोबुद्ध नगरपालिका, काभ्रेपलाञ्चोकमा सुषमा महतो र सुरुङ्गा नगरपालिका, सप्तरीमा आनन्दकुमार ठाकुरलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको छ।
त्यस्तै, मन्त्रालयले जीवनराज सेढाईंलाई मन्त्रालयमै सरुवा गरेको छ भने शिवप्रसाद हुमेगाईंलाई धनुषाको भूमिसुधार तथा मालपोत कार्यालय, पशुपति महतलाई सिरहाको भूमिसुधार तथा मालपोत कार्यालय र दीपक ढकाललाई जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकमा सरुवा गरेको छ।
हरिप्रसाद चापागाईंलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय वा अन्तर्गत, निर्मला न्यौपानेलाई मालपोत कार्यालय मनमैजु, काठमाडौं, लेखनाथ न्यौपानेलाई गृह मन्त्रालय वा अन्तर्गत तथा मोहनकुमार घिमिरेलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ।
यस्तै, अरुणकुमार राईलाई शिक्षा तथा खेलकुद मन्त्रालय वा अन्तर्गत, महेन्द्र विक्रम कार्कीलाई गृह मन्त्रालय वा अन्तर्गत, युवराज आचार्यलाई मालपोत कार्यालय कलंकी, काठमाडौं, विष्णुकुमारी भुसाललाई सूचना तथा सञ्चार मन्त्रालय वा अन्तर्गत र लीलाधर अवस्थीलाई भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरमा सरुवा गरिएको छ।
मन्त्रालयको निर्णयअनुसार नेत्रप्रसाद पौडेललाई सूचना तथा सञ्चार मन्त्रालय वा अन्तर्गत र राजेन्द्रप्रसाद गौतमलाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ। यो अनलाइन मार्फत सरुवा भएको हो ।
प्रतिक्रिया