+
Search

ताजा अपडेट +

पपुलर +

चुनाव हारिएला तर सिद्धान्तले नमान्ने गठबन्धनको राजनीति गर्दैर्नौँ : गगन थापा

पालिका लाइभ
२०८३ श्रावण ७, बिहीबार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी इलेक्सन मेसिन जस्तो भएको बताएका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पार्टी चुनावबाट बाहिर निस्कनुपर्ने बताए।

उनले भने, ‘हामी चार जना कांग्रेस जम्मा भयौँ भने हाम्रो कुरा के भइहाल्छ अबको चुनावमा के हुन्छ ? भन्नेमा। हामी इलेक्सन मेसिन जस्तो भयौँ। त्यसबाट बाहिर निस्कनुपर्‍यो।’

उनले पार्टीपंक्तिलाई एक पटक रिलबाट निस्किएर रियल लाइफमा फर्किन आग्रह गरे।

उनले थपे, ‘कहिलेकाहीँ नेताले पनि तर्साउन खोज्नुहुन्छ। हेरौँला स्थानीय चुनाव भन्नुहुन्छ। हेरौँला प्रदेशको चुनाव भन्नुहुन्छ। हामी बिपी कोइरालाका कार्यकर्ता हौँ। हामी एउटा चुनावबाट मात्तिहाल्ने, एउटा चुनावबाट आत्तिइहाल्ने होइनौँ। हामी चुनाव हारिएला तर आस्थासँग सम्झौता गर्दैनौँ।’

उनले सोसाइटी र सिद्धान्तले पनि नमान्ने गठबन्धनको राजनीति कांग्रेसले नबोक्ने बताए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ