+
Search

ताजा अपडेट +

पपुलर +

एससीटीको स्मार्टपे नेटवर्कमा माछापुच्छ्रे बैंक तथा मुक्तिनाथ विकास बैंक आबद्ध

पालिका लाइभ
२०८३ श्रावण १, शुक्रबार

काठमाडौं– स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) को स्मार्टपे नेटवर्कमा माछापुच्छ्रे बैंक तथा मुक्तिनाथ विकास बैंक आवद्ध भएका छन् । यससँगै अब यी बैंकका ग्राहकले विश्वस्तरीय इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी एससीटीको भुक्तानी स्वीच मार्फत रकमान्तर गर्न सक्नेछन् ।

दुई छुट्टाछुट्टै कार्यक्रममा माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख डिजिटल बैंकिङ अधिकृत माधव सुवेदी तथा मुक्तिनाथ विकास बैंकका तर्फबाट उपनायव कार्यकारी अधिकृत तिलबहादुर गुरुङले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।

सो क्रममा दुवै बैंकका अधिकारीहरूले नयाँ सम्झौता पश्चात एससीटीले गर्दै आएका नवप्रवर्तन तथा अत्याधुनिक सेवा प्रयोगका लागि बैंकका ग्राहकलाई नयाँ मार्ग मिलेको बताए ।

नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउने उद्देश्यका साथ भएको यस सहकार्यले बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तरसम्बन्धलाई मजवुत बनाउँदै ग्राहकलाई अझ सहज र आधुनिक वित्तीय सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

एससीटीले सुरक्षित, भरपर्दो र नवीनतम प्रविधिमा आधारित भुक्तानी पूर्वाधार विकास गर्दै आएको छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त एससीटी डिजिटल भुक्तानीको क्षेत्रमा नेपालको पुरानो र अनुभवी सेवा प्रदायक हो ।

यस संस्थाले हाल २४ बैंक तथा वित्तीय संस्था तथा ३०० भन्दा धेरै सहकारी संस्थामार्फत सर्वसाधारणलाई एससीटी युनियनपे कार्ड, भिसा कार्ड, डेबिट र क्रेडिट कार्ड, एटीएम सञ्जाल, पिओएस सेवा , स्मार्ट क्यूआर सेवा, स्मार्ट बैंकिङ ओम्नी च्यानल मोबाइल तथा इन्टरनेट बैंकिङ सेवा लगायत रकमान्तर सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ