+
Search

ताजा अपडेट +

पपुलर +

हरित बैंकिङ प्रवर्द्धन गर्न कुमारी बैंक र मिनर्जी इनिसियटिभ्स्‌को साझेदारी

पालिका लाइभ
२०८३ श्रावण १, शुक्रबार

काठमाडौं– कुमारी बैंकले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि मिनर्जी इनिसियटिभ्ससँग रणनीतिक परियोजनाका लागि सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्रमा बैंकका प्रमुख लगानी तथा बजार व्यवस्थापन अधिकृत चन्दन कार्की र मिनर्जी इनिसियटिभ्सका अध्यक्ष श्याम सुन्दर श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

पर्यावरण तथा हरित बैंकिङ प्रवर्द्धनमा केन्द्रित यो सम्झौताले समुदायलाई बैंकको लागि योग्य बनाउने र बैंकलाई पनि लक्षित समुदाय अनुरूप क्षमता अभिवृद्धिमा सहकार्य गर्ने फराकिलो कार्यदायरा स्थापना गरेको छ ।

‘अन्तर्राष्ट्रिय जलवायु वित्त र लक्षित उद्यमीहरूबीचको खाडल कम गर्न समुदायको यथार्थ अवस्था र बैंकिङ जोखिमको ढाँचा दुवैलाई गहिरो रूपमा बुझ्ने एउटा सुदृढ पारिस्थितिक प्रणाली आवश्यक छ’ बैंकका दिगो बैंकिङ विभाग प्रमुख अर्पण पौडेलले भने, ‘यो साझेदारीले क्षमता अभिवृद्धिका प्रयासलाई वास्तविक वित्तीय समावेशीकरणमा रूपान्तरण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ ।’

नेपालका अग्रणी वित्तीय संस्थामध्येको एक कुमारी बैंकले आफ्नो सुदृढ नेटवर्कमार्फत यस रूपान्तरणकारी पहललाई देशव्यापी रूपमा लैजाने जनाएको छ ।

हाल बैंकका देशभर २८६ शाखा, ३०४ एटीएम, ४० एक्स्टेन्सन काउन्टर, ४१ शाखारहित बैंकिङ इकाई र १ हजार २३३ पीओएस टर्मिनल सहितको वृहत् सञ्जाल छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ