+
Search

ताजा अपडेट +

पपुलर +

अहिलेजस्तो बर्बरता पञ्चायतकालमा पनि थिएन : केपी ओली

पालिका लाइभ
२०८३ श्रावण ७, बिहीबार

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देशमा पञ्चायतकालभन्दा पनि दमनसहितको शासन चलिरहेको बताएका छन् ।

पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘पञ्चायतकालमा पनि यस्तो बर्बरता थिएन ।’

उनले आफूलाई पक्राउ गर्दा पनि दमन गरिएको आरोप लगाए ।

उनले आफूलाई पक्राउ गर्दा पार्टीका नेता कार्यकर्ताले विरोध गर्दा राज्यले दमन गरेको पनि बताए ।

त्यस्तै उनले प्रहरीको भूमिका माथि पनि प्रश्न उठाए ।

‘कुन दमन कुन बर्बरयता ? कुन राणा शासनमा छु भन्ने लागेको छ सरकारलाई ? प्रहरी फेरि के भएको हो ?,’ ओलीले थपे, ‘यिनीहरूले नै हैन अस्ति प्रहरीलाई लखेटी लखेटी दुःख दिएको ? अहिले केही प्रहरी तिनैको आदेशमा दमन गर्न लागिपरेका छन् ।’

उनले सरकार आफैँ सच्चिएन भने सरकारको दमनलाई रोक्न जनता जाग्नुपर्ने पनि बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ