+
Search

ताजा अपडेट +

पपुलर +

कतारमा सुहाङकाे आह्वान- देश विकासका लागि सबै एकजुट होऔँ

पालिका लाइभ
२०८३ श्रावण २२, शुक्रबार

कतार– नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङले नेपालको समृद्धिका लागि स्वदेश र विदेशमा रहेका सबै नेपाली एकजुट भएर लाग्नुपर्ने बताएका छन्।

प्रवासी नेपाली मञ्च कतारको आठौँ राष्ट्रिय अधिवेशन–२०२६ को उद्घाटन गर्दै नेता नेम्बाङले नेपालको आर्थिक तथा सामाजिक विकासमा प्रवासी नेपालीको योगदान उल्लेखनीय रहेको बताए ।

उनले देशको विकास र समृद्धिको अभियानलाई सफल बनाउन एमालेले पुनर्संरचनासहित राजनीतिक पुनर्जागरणको दिशामा अघि बढ्नुपर्ने धारणा राखे ।

नेम्बाङले मुलुकले सामना गरिरहेका चुनौती समाधान गर्न युवाको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्दै विदेशमा रहेका नेपालीले पनि राष्ट्रिय विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको बताए ।

उनले कतारसहित विभिन्न मुलुकमा कार्यरत नेपाली श्रमिकले आफ्नो श्रम, सीप र पसिनामार्फत नेपालको अर्थतन्त्रलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

‘विदेशमा रहेर पनि नेपालको विकास, समृद्धि र राष्ट्रिय हितमा यहाँहरूले पुर्‍याउँदै आउनुभएको योगदान अत्यन्त प्रशंसनीय छ,’ उनले भने, ‘प्रवासबाट भित्रिने रेमिट्यान्सले लाखौँ नेपाली परिवारको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेलेको छ । त्यसैले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक केवल श्रमिक मात्र होइनन्, नेपालको आर्थिक विकासका महत्त्वपूर्ण साझेदार पनि हुन् ।’

उनले प्रवासमा कार्यरत श्रमिकले भोग्दै आएका विभिन्न समस्या र चुनौतीलाई राज्यले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा पनि जोड दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ