+
Search

ताजा अपडेट +

पपुलर +

सिरानचोकले ल्यायो ६६ करोड ३१ लाखको बजेट

पालिका लाइभ
२०८३ असार १२, शुक्रबार

गोरखा– सिरानचोक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६६ करोड ३१ लाख ९३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

बुधवार सम्पन्न गाउँसभामा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको हो।

संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १३ करोड ९ लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट ८ करोड ७४ लाख ५३ हजार रुपैयाँ, सशर्त अनुदानबाट ३२ करोड ९० लाख रुपैयाँ, समपूरक अनुदानबाट १ करोड ७५ लाख रुपैयाँ तथा विशेष अनुदानबाट ८३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

त्यसैगरी, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान १ करोड ८१ लाख १७ हजार रुपैयाँ, राजस्व बाँडफाँट ९ लाख २३ हजार रुपैयाँ, समपूरक अनुदान ६० लाख रुपैयाँ तथा विशेष अनुदान ४० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा आन्तरिक राजस्वबाट २ करोड १५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ। राजस्वको दायरा विस्तार गर्दै एकीकृत सम्पत्ति कर, भूमिकर/मालपोत, घरबहाल कर, नक्सा पास, ढुङ्गा, गिट्टी, बालुवा लगायतका स्रोतबाट आन्तरिक आय वृद्धि गर्ने नीति लिइएको छ।

बजेटअनुसार कर्मचारी तलब–भत्ता तथा प्रशासनिक खर्चका लागि ३३ करोड ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ। यस्तै आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार, वन–वातावरण तथा विपद् व्यवस्थापन र संस्थागत विकास तथा सुशासनका लागि ११ करोड ६९ लाख रुपैयाँ छुट्टाइएको छ।

वडागत सिलिङअन्तर्गत ४ करोड ५१ लाख रुपैयाँ, गाउँपालिकाको गौरवका आयोजना, प्रशासनिक भवन निर्माण तथा अन्य महत्त्वपूर्ण योजनाका लागि ६ करोड ८६ लाख रुपैयाँ विनियोजन गरिएको छ।

त्यस्तै, सशर्त अनुदान कार्यान्वयनका लागि ३२ करोड ९० लाख रुपैयाँ, समपूरक अनुदान कार्यान्वयनका लागि ४ करोड ७० लाख रुपैयाँ तथा विशेष अनुदान कार्यान्वयनका लागि १ करोड २३ लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ