+
Search

ताजा अपडेट +

पपुलर +

काम नगर्ने ठेकेदारलाई थुनेर वा कुटेर भए पनि काम लगाउनुस् : मन्त्री लम्साल

फाइल तस्बिर
पालिका लाइभ
२०८३ असार ६, शनिबार

काठमाडाैं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्धारित समयमै काम नगर्ने ठेकेदारलाई थुनेर वा कुटेर भए पनि काम लगाउन निर्देशन दिएका छन् ।

रुग्ण अवस्थामा रहेको मेची र मध्यपहाडी राजमार्गसँगै तमोर करिडोर क्षेत्रको स्थलगत निरीक्षणका क्रममा शनिवार मन्त्री लम्सालले आयोजना प्रमुख, सुरक्षा अंगका प्रमुख र प्रमुख जिल्ला अधिकारीसँगको भेटमा ठेकेदारलाई थुन्न र कुट्न निर्देशन दिएका हुन् ।

यसअघि उनले नागढुंगा–मुग्लिन सडक आयोजनाको अनुगमनका क्रममा ठेकेदारको खुट्टा भाँच्नुपर्ने अभिव्यक्ति दिएपछि आलोचना भएको थियो ।

शनिवार पाँचथर पुगेर उनले भने, ‘सुरक्षा संयन्त्र जिम्मेवार हुन जरुरी छ, समयमा काम नगर्ने ठेकेदारलाई थुनेर, बाटो छेकेर वा कुटेर भए पनि काम लगाउनुस्, देशमा सरकार छ भन्ने महसुस गराउनै पर्छ ।’

आयोजना प्रमुखहरूले रुग्ण आयोजनाको ठेक्का तोड्दा व्यवसायीबाट कर्मचारीलाई खतरा हुने भएकाले सुरक्षाको प्रत्याभूति हुने वातावरण तयार गरिदिन अनुरोध गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ