काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापतिमा सोबिता गौतम निर्वाचित भएकी छन्। शुक्रबार सम्पन्न पदाधिकारी निर्वाचनमा उनले ७८९ मत प्राप्त गर्दै विजय हासिल गरिन्।
उपसभापतिकी उनकी निकटतम प्रतिद्वन्द्वी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन्।
त्यसैगरी, रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन्। यसअघि उनी सहमहामन्त्रीको जिम्मेवारीमा थिए।
पदाधिकारी निर्वाचनमा कुल १ हजार २८९ मत खसेको थियो। यसअघि केन्द्रीय सदस्य निर्वाचनमा भने २ हजार ९५९ मत खसेको थियो। केही प्रतिनिधि मतदान नगरी फर्किएपछि पदाधिकारी निर्वाचनमा मतदान गर्ने प्रतिनिधिको संख्या उल्लेख्य रूपमा घटेको हो।
केन्द्रीय सदस्य निर्वाचनको तुलनामा पदाधिकारी निर्वाचनमा १ हजार ६७० कम मत खसेको छ।
गत असार ७ गतेदेखि सुरु भएको रास्वपाको महाधिवेशन पदाधिकारीको निर्वाचन सम्पन्न भएसँगै समापन हुने भएको छ।
प्रतिक्रिया