+
Search

ताजा अपडेट +

पपुलर +

संघीय सरकारमा अब १७ मन्त्रालय, कार्यविभाजन नियमावली स्वीकृत

पालिका लाइभ
२०८३ बैशाख ३०, बुधबार

काठमाडौं- संघीय सरकारमा मन्त्रालयको संख्या १७ मा झारिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित २२ वटा रहेकोमा सरकारले कार्यविभाजन नियमावलीमार्फत मन्त्रालयको संख्या घटाएर १७ मा झारेका हो।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यविभाजन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। यससँगै अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ वटा मन्त्रालय कायम भएका छन्।

गाभिएका र खारेज गरिएका मन्त्रालयहरूको सूची रापपत्रमा प्रकाशित हुने प्रधानमन्त्री तथा मन्त्रपरिषदको कार्यालयका प्रवक्ता हेमराज अर्यालले जानकारी दिए।

प्रधानमन्त्री तथा परिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्की नेतृत्वको पुनर्संरचना व्यवस्थापन सचिवालयले युवा तथा खेलकुद, खानेपानी तथा सरसफाइ, शहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खारेज गर्नुपर्ने राय दिएको थियो।

अब खेलकुदलाई शिक्षा मन्त्रालय गाभेर शिक्षा तथा खेलकुद मन्त्रालय नाम दिइनेछ।

यस्तै युवालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसहित स्वास्थ्य तथा जनसंख्या र सामाजिक सुरक्षा मन्त्रालयलाई एकीकृत गरेर लैंगिक समानता तथा सामाजिक विकास मन्त्रालय नाम दिइने भएको छ।

खानेपानी तथा सरसफाइ मन्त्रालयबाट सरसफाइलाई छुट्टाएर स्वास्थ्य मन्त्रालयमा गाभिनेछ। त्यस्तै, खानेपानी र सहरी विकासलाई भौतिक पूर्वाधार मन्त्रालयलाई गाभेर एकीकृत भौतिक पूर्वाधार मन्त्रालय बनाउने तयारी छ।

अब संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नाम अब मानव संशाधन मन्त्रालय हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ