काठमाडौं– कुनै समय एनआइसी एसिया बैंकलाई भनिन्थ्यो- बैंक पनि साथी पनि । अब यो नारा बदलिएर ‘बैंक पनि गुण्डा पनि’मा परिणत भएको छ । उसै पनि बैंकलाई टाइ लगाएको गुण्डा भनिँदै आएको छ । त्यही टाइ लगाएको गुन्डाका रूपमा चिनिने एनआइसीबाट धेरै सर्वसाधारणको रकम स्वाहा भएको छ ।
सर्वसाधारणले खाइ नखाई, रगत, पसिना बगाएर आर्जेको रकम बैंकमा विश्वास गरेर राख्छन् तर बैंकको सेवा विश्वासनिय नहुँदा केयाैंकाे हातैबाट रकम गायब भएको छ ।
बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि, यही मूल नारा लिएर गाउँ–गाउँ पुगेको एनआईसीले साथीकै राम्रो सम्पत्ति हड्पने गरेको तथ्य खुलेको छ । अनेकौँ कानुनी तिकडम गरेर व्यवसायी सुधीर बस्नेतको जग्गा हडपेसँगै बैंकको कर्तुत खुलेको हो । बैैंकले ओरियन्टल बिल्डर्सका सञ्चालक समेत रहेका बस्नेतको २४ रोपनी १९ आना जग्गा कब्जा गरेर उनलाई घर न घाटको बनाएको छ ।
१४ करोड ऋण दिएको बैंकले २ अर्ब भन्दा बढी मूल्यको जग्गा कब्जा गरेको छ । जसअनुसार धितोमा राखेको २४ रोपनी ९ आना जग्गाको मूल्य २ अर्ब भन्दा बढी पर्न आउँछ । बस्नेतले बैंकबाट जम्मा १४ करोड ऋण लिएका थिए । त्यही ऋणलाई आधार बनाई बैंकले विभिन्न हत्कण्डा अपनाएर २ अर्ब बढीको जग्गा कब्जा गरेको छ ।
यता जग्गा कब्जाको मुद्दा अदालतमा विचाराधीन समेत छ तर पनि बैंकले अहिले ठुलो संख्यामा सुरक्षा गार्ड राखेर त्यो जग्गामा भवन निर्माण गरिरहेको छ । १४ करोड ऋणबाट अवौंको जग्गा गुमाएपछि बस्नेत परिवार यतिबेला न्यायका लागि हार गुहार गरिरहेका छन् ।
बैंकिङ करियर सुरु गरेको दश वर्षमै कान्छो सिइओको रूपमा चर्चित र सेलिव्रेटी बनेका राेशन कुमार न्यौपानेले पहिलो चार वर्षे कार्यकाल सकेर दोस्रो कार्यकालको लागि पुनः नियुक्ति भएका छन् । उही सेलिव्रेटी सिइओको एनआइसीमा कहिले साइबर ह्याकरहरूले आक्रमण गर्दै ‘स्वीफ्ट ह्याकिङ’, गुण्डागर्दी शैलीमा सर्वसाधारणको जग्गा हडप्नमा अग्रणी छ ।
इन्टरनेट बैंकिङ, डेबिट, क्रेडिट कार्ड तथा पिएसओ र क्युआर प्रयोगमा एनआईसीले छलाङ मारे पनि त्यसबाट बचतकर्ता आजित छन् ।
साथीलाई नै लुट्दै
गत असारको पहिलो सातातिर बैंकको केन्द्रीय कार्यालय अगाडि ‘अन्दाजी ५० वर्षको मान्छे । आसकोटसँगै सर्ट पाइन्ट लगाएको । हातमा बैंकका डकुमेन्ट लिएर शरीरमा टाँसेको पोष्टर देखाउँदै आँखाभरी आँशु थियो ।’ जो कसैले पनि सोच्थे कि यो मान्छे पागल रहेछ । उक्त मान्छे न पागल थिए, न अबुझ नै ।
यो पोष्टर त्यहाँ भीड भएका सर्वसाधरणहरु सबैको नजरमा पर्यो । सबैले किन यस्तो गरेको त बैंकले भनेर तिनिसँग प्रश्न गर्न थाले ? रुँदै उनले केही भन्नै लाग्दा बैंकका एक कर्मचारी आएर भित्र हिँड्नुस् म तपाईंलाई सिइओसँग भेट गराउँछु भने ।
कर्मचारीको कुरालाई वास्ता नगरी आफूलाई बैंकले अन्याय गरेको उनले बताए ।
‘एनआईसी एसिया बैंकले मेरो जर्बजस्ती गाडी लग्यो, मैले केही नभनि दिए, बेच भन्यो, मैले बेचें । एक हप्ताअघि पैसा किन नतिरेको भनेर बैंकले मलाई सोध्यो । जुन कुरा म आफैंलाई थाहा छैन । कुन दिन लगेको आफैंलाई थाहा छैन्,’ उनले भने, ‘बैंकसँग एग्रिमेन्ट गरेको छु । कागजपत्र सबै छ । लोन सबै चुक्ता गरिसकें ।’
काण्डै काण्डले भरिएको बैंक
नेपालमा सञ्चालित बैंकहरुमध्ये सबैभन्दा धेरै काण्डै काण्ड हुने बैंकको शिर्ष स्थानमा एनआइसी रहेको छ ।
यो बैंकले ग्राहकलाई दुःख दिनेदेखि लिएर बैंकका कर्मचारीहरुको समेत श्रम शोषण गर्ने गरेका समय–समय तथ्यहरु बाहिर आउने गरेका छन् । शुरुवाती दिनमाहरु सबैभन्दा विश्वासीलो र भरपर्दो दाबी गर्ने बैंकप्रति अहिले सबैको विश्वास छुट्दै गएको पाइन्छ ।
बैंकको नारा ‘बैंक पनि साथी पनि’ भनिए पनि बैंकले ग्राहकलाई गर्ने व्यवहार भने ‘दुस्मन’को जस्तो रहेको अधिकांश व्यवसायीहरुले खुल्ला रुपमा बोल्दै आएका छन्।
बैंकले ग्राहक ठग्नको लागि बैंकका कर्मचारीकै मिलेमतोमा नक्कली धनीपूर्जा बनाएर ऋण दिएको समेत प्रमाणित समेत भइसकेका छन् । त्यस्तै, एनआईसीमा कर्मचारीको मिलेमतोमा ग्राहकको पैसा चोरी हुन्छ भने कहिले साइबर सुरक्षामा ध्यान नदिदा ह्याक भएर पैसा चोरी हुने र खातामा पैसा हुँदा पनि बैंकले नदिनेसम्मका हर्कत गर्ने गरेका गुनासा बजारमा प्रश्वता पाइन्छ ।
बैंकले ग्राहकलाई ठग्ने मात्रै नभएर नियमनकारी निकाय राष्ट्र बैंकलाई समेत छल्ने काम गरेको भन्दै कारबाही भोग्नु परेको थियो । बैंकले प्रवाह गरेको कर्जाको स्थिति र बैंकले पेस गरेको वित्तीय विवरण फरक पठाएको थियो ।
राष्ट्र बैंकको नीतिभन्दा विपरीत गएर बैंकले कर्जा प्रवाह गरेको र आफ्नो वासेल रिपोर्टमा गलत तथ्य पेस गरेको राष्ट्र बैंकको प्रारम्भिक अध्ययनले समेत प्रामाणित गरेको थियो । बैंकले पुँजीकोष मिलान गर्न वासेल रिपोर्टमा १ खर्ब ३४ अर्ब रुपैयाँको फर्जी कर्जा समेत देखाएर विवरण पठाएको थियो ।
त्यतिबेला बैंकको २ खर्ब ९३ अर्ब कुल कर्जा प्रवाहमध्ये आवासीय कर्जामा करिब ४७ प्रतिशत देखाइएको थियो । तर राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार आवासीय कर्जामा अधिकतम २५ प्रतिशत मात्रै कर्जा प्रवाह गर्न पाइन्छ ।
ऋणीलाई बिचल्ली बनाउन उद्यत
बैंकले ग्राहक अर्थात ऋणहरुबाट दिएको ऋण भन्दा पनि धितो असुल गर्न खोज्दा सर्वसाधरणबाट विश्वास गुमाउन पुगेको छ । बैंकले ऋणहरुबाट ऋण उठाउने भन्दा पनि धितो असुली गर्दा धेरै ऋणीहरुलाई बिचल्ली समेत बनाएको छ ।
एनआइसीमा व्यवस्थापकीय कमजोर हुँदा स्विफ्ट ह्याक प्रकरणले निकै नै कमजोर बनेको थियो । धेरै सर्वसाधारणको सम्पत्ति कब्जा गरेको तथ्य समेत प्रकाशित भइसकेको छ । बैंकले कर्जा बापत बैंकमा राखेको ग्राहकको धितोलाई कब्जामा लिएको तथ्य यसअघि नै सार्वजनिक भएको छ । ओेरिन्टल सहकारी संस्थाको स्वामित्वमा रहेको जग्गा विगत चार वर्ष देखि एनआईसी एसिया बैंकले जबरजस्ती कानून विपरित कब्जा गरेको छ।
एनआईसी एसिया बैंकले काठमाडौंको धापासी हाइटमा रहेको ओरेन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेतको २६ रोपनी ९ आना जग्गा कब्जा गरेको छ । ओरेन्टल सहकारी संस्थाको स्वामित्वमा रहेको बर्तमान बजार मूल्यमा अर्बौं रुपैयाँ पर्ने जग्गा कौडीको मूल्यमा बैंकले कब्जामा लिएको पाईएको छ । उक्त बैंकले कब्जामा लिएको जग्गाको अहिले बजार मूल्य २ अर्ब भन्दा माथि रहेको छ ।
ओरेन्टल सहकारीको स्वामित्वमा रहेको साबिक काठमाडौंको धापासी गाविस वडा नम्बर २ र ३ को २६ रोपनी ९ आना जग्गा कौडीको मूल्यमा कब्जा गरेको स्रोत दाबी छ । उक्त जग्गा अहिले बजारमा डेढ अर्बभन्दा बढी मूल्य पर्ने भए पनि एनआइसीले २० करोड मूल्य बराबरको मूल्याङकन गरी जग्गा कब्जा गरेको देखिन्छ ।
बैंकबाट ओरेन्टल सहकारीका अध्यक्ष सुधिर बस्नेतले ओरिएन्टल विल्डर्स एण्ड डेभलपर्स भौतिक संरचना निर्माणका लागि ओरियन्टल बिल्डर्सले ०६६ साल जेठमा धापासीको २४ रोपनी ९ आना जग्गा धितो राखेर एनआईसी बाट २० करोड ओभरड्राफ्ट कर्जा लिएका थिए । बस्नेतले उक्त जग्गामा झन्डै ३० करोड लगानीमा भौतिक संरचना निर्माण थालेका थिए ।
तर, कम्पनी टाट पल्टिएपछि ऋण तिर्न सकेनन् । ऋणको नियमित साँवाको किस्ता र ब्याज गरी २३ करोड ६८ लाख बुझाउन नसकेसँगै बैंकले ०६९ माघमा ओरियन्टलको उक्त सबै सम्पत्ति आफ्नै नाममा बैंकले सकारेको थियो ।
यता बस्नेत ओरिएन्टल विल्डर्स एण्ड डेभलपर्सका लागि भौतिक संरचना निर्माण गर्दै गर्दा सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका थिए । बस्नेत पक्राउ परेसँगै बैंकले धितो सकारगरी बैंक आफैले परियोना जबरजस्ती कब्जामा लिएको स्रोतको दाबी छ ।
बैंकले ०६६ सालमा ऋण दिँदा धितोको मूल्याङकन २५ करोड ३२ लाख गरेको थियो । बस्नेतले तिर्नुपर्ने कुल रकम २३ करोड ६८ लाख उठाउन यो सबै सम्पत्ति कब्जा गरेको हो । बैंकले २३ करोड ठाउन ३० करोड रुपैयाँ लगानी गरेर निर्माण गरेको भौतिक संरचनाको कुनै मूल्याङकन र हिसाबै नगरी जबरजस्ती जग्गा हडपेको छ ।
बैंकले कर्जा गरेको परियोजनाको कारोबार अवस्था बिग्रेको अवस्थामा कर्जा बाफत राखिएको धितो लिलाम सकार गरी नियम कानून विपरित निक्षेपकर्ताले कर्जा बापत राखेको धितो सकार र्फिता दिन नमानेको भन्दै अध्यक्ष बस्नेतले गत २०७९ माघ १८ गते कर्जा बापतको धितो र्फिता गर्नेको लागि नेपाल राष्ट्र बैंकलाई पत्रचार गरेका थिए । तर बैंकले अहिलेसम्म उक्त कर्जा बापतको धितो र्फिता गरेको छैन ।
बैंकले ओरिएन्टल विल्डर्स एण्ड डेभलपर्सका लागि भौतिक संरचना निर्माण गर्न २० करोड कर्जामा उक्त जग्गा कब्जा गर्दा ओरेन्टल सहकारी पीडितहरुले समेत अहिलेसम्म रकम र्फिता पाउन सकेका छैन ।
त्यतिमात्र होइन बैंकले सुर्खेतमा बसेर व्यवसाय गर्ने अलि दम्पत्तीलाई सडकमा पु¥याइदिएको थियो । दम्पत्तीहरुसँग भएको करिब ६ करोड बराबरको सम्पत्ति एनआइसीले मिलेमतोमार्फत ८७ लाखमा लिलाम गरेको थियो ।
लिलामी गर्दा हुनुपर्ने प्रक्रियासमेत पुरा नगरी बैँकले ठाडो लिलामी गरेको भन्दै चर्को विवाद भएको थियो । त्यस्तै, सुनसरीको इटहरीमा पनि बैंकले ऋणीको घरमै गार्ड राख्ने तथा ऋणीलाई नजरबन्दमा नै राख्यो काम गेको भन्दै चौतर्फी विरोध भएको थियो । ग्राहकहरुले बैंकले चौतर्फि रुपमा आंतक मच्चाएपछि राष्ट्र बैंकले एनआईसीलाई यस्तो कार्य नगर्न सचेत समेत गराउनु परेको थियो ।
बैंकले उद्योगी व्यवसायीहरुले लगेको ऋण नतिरेको भन्दै पत्रपत्रिकामा फोटो सहित नाम प्रकाशित गर्ने जस्ता कार्य समेत गर्दै आएको छ । बैंकका कर्मचारीहरूले राति १२ बजे समेत ऋणीलाई फोन गरेर टर्चर दिने, सार्वजनिक बिदाको दिन समेत ऋणीको घरमै पुगेर पूरै समाजकै अगाडि बेइज्जत गर्ने समेतका कार्य गरी ऋणीलाई मर्नुपर्ने अवस्थामा बैंकले पु¥याउने गरेको छ ।
बैंकको टर्चरका कारण कयौँ ऋणीले आत्महत्या गर्नुका साथै घरपरिवार नै सकाएको समेत उदाहरण छन् । त्यस्ता धेरै घटनाहरु एनआईसीसँग धेरै जोडिएका छन् । बैंकले यस्ता गलत अभ्यासका कारणले पनि थप संकटउन्मुख बन्दै गएको देखिन्छ ।
यसरी बैंककै गलत व्यवहार र मिटरब्याजीपनको कारण बैंकको विश्वास सर्वसाधरणमा टुट्न थालेको छ । सर्वसाधरणले बैंकको विश्वास तोड्न थाले भने भविष्यमा बैंकको पनि सहकारीको हालतमा बन्ने अवस्था आउन सक्छ ।
याे पनि,
काण्डै-काण्डपछि संकटको बाटोमा एनआईसी एशिया : नाफामा उच्च गिरावट, कर्जा असुली गर्न छुट तर ‘असफल’
संकटको बाटो पछ्याउँदै एनआईसी एसिया, निफ्राबाट किन बाहिरियो?
बैंकको आतंक बढ्दै, ऋणीलाई दिनरात टर्चर दिदैं एनआइसी एसिया, राष्ट्र बैक मूकदर्शक!
धापासीको अर्बौँको जग्गा कौडीको भाउमा कब्जा गर्दै ‘एनआईसी एशिया’
संकटमा एनआइसी: ‘रिकभरी’मा समस्यापछि भाखा नाघेका ऋणीलाई भुक्तानीमा छुट
संकटको बाटो पछ्याउँदै एनआईसी एशिया, ऋण भन्दा धितो असुलेर ‘बिचल्ली बनाउन उद्यत’
संकटमा एनआईसी: ऋण उठाउन नसकेपछि गुहार्यो ‘कम्पनी रजिस्ट्रार कार्यालय’
संकटमा एनआईसी: भू-माफियाको मिलेमतोमा ऋणीको धितो बिक्री, स्थानीय आन्दोलित