+
Search

ताजा अपडेट +

पपुलर +

संघीय मामिला मन्त्रालयले गर्‍यो ५८ अधिकृतको सरुवा, सातजना बने प्रमुख प्रशासकीय अधिकृत

पालिका लाइभ
२०८३ बैशाख २३, बुधबार

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५८ जना अधिकृतको सरुवा गरेको छ।

मन्त्रालयमा अतिरिक्त समूहमा राखिएका ५४ जनासहित ५८ अधिकृतको मंगलबार सरुवाको निर्णय गरिएको हो।

मन्त्रालयले बुधबार आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको सूची अनुसार अतिरिक्त समूहका सात जनालाई विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ।

चार स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत विभिन्न तीन मन्त्रालय मातहत सरुवा भएका छन्।

यस्तै १७ जनालाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

सूचि

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ