काठमाडौं– गृह मन्त्रालयमा रहेका उपसचिव छविलाल पौडेलसहित ६९ कर्मचारीको एकै पटक सरुवा भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार खरिदारदेखि उपसचिवसम्मका कर्मचारी सरुवा गरेको हो। पौडेललाई गृहबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भएका छन्।
जिल्ला समन्वय समिति (जिसस) ताप्लेजुङमा रहेका अर्का उपसचिव मनकुमार कर्णलाई पनि प्रधानमन्त्री कार्यालयमा तानिएको छ।
मधु कुमारी महतो जिसस महोत्तरीबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालय सरुवा भएकी छिन्। अन्जु सिंह केसीलाई संघीय मन्त्रालयबाट थारु आयोग सरुवा गरिएको छ।
यसैगरी देवेन्द्र देवकोटा मुख्यमन्त्री कार्यालय बागमतीबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा अन्तर्गत सरुवा भएका छन्। रामकुमार श्रेष्ठको सरुवा राष्ट्रिय तथ्यांक कार्यालय वा त्यस अन्तर्गतका कार्यालयका लागि भएको छ। अन्य ३ जना उपसचिवको पनि सरुवा भएको छ।
को कहाँ पुगे
प्रतिक्रिया