काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरि निर्माण सामग्री उपलब्धता सहज बनाउन स्थानीय तहसमक्ष अनुरोध गरेको छ ।
सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय अधिकारीलाई पत्र लेख्दै सामान्य प्रशासन मन्त्रालयले संघीय, प्रादेशिक र स्थानीय स्तरका विभिन्न आयोजनामा निर्माण सामग्री उपलब्धता तथा ओसारपसारमा स्थानीय तहमा अवरोध भइरहेको गुनासो आएको बताएको छ ।
निर्माण सामग्रीको प्राप्ति ढिला हुँदा जनताको त्यस्ता सामग्री निर्वाध उपयोग गर्न पाउने अधिकार संकुचन हुने तथा सरकारलाई अन्य करारजन्य दायित्व थप हुने भन्दै केन्द्र सरकारले सचेत गराएको हो ।
मन्त्रालयले स्थानीय तहको क्षेत्राधिकारमा पर्ने नदीजन्य पदार्थको उचित व्यवस्थापन तथा अन्य निर्माण सामग्री उपलब्धता र निर्वाध ओसारपसारका लागि सरोकारवाला निकायसँग समन्वय गरी सहज बनाउन भनेको छ ।
प्रतिक्रिया