काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नीति तथा कार्यक्रम भविष्य निर्माण गर्ने मार्गचित्र भएकाले प्रधानमन्त्री सदनमा उपस्थित हुनुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै जनताको उत्तरदायित्व संसद्बाट खोजिने बताए।
उनले भने, ‘यो सम्माननीय सभामुखज्यूको अस्तित्व माथिको पनि प्रश्न हो। ‘देशको प्रधानमन्त्रीकाे पक्षकै १८१ जना सांसदहरूको अस्तित्वको कुरा पनि हो। यो संसदमा नीति तथा कार्यक्रमजस्तो महत्त्वपूर्ण चिज प्रधानमन्त्री यहाँ भन्दा बिजी कहाँ हुनुहुन्छ? यो संसारको कुनै पनि देशमा छैन। नीति तथा कार्यक्रम सरकारको प्रमुखले नै सुन्ने पनि हो, जवाफ दिने पनि हो, प्रस्तुत गर्ने पनि हो। यो संसदीय अभ्यास नै यही भन्छ।’
प्रधानमन्त्री बिरामी भए वा मुलुक छोडेर बाहिर भएको अवस्थामा मात्रै आफ्नो जिम्मेवारी मन्त्रीलाई तोक्नसक्ने बताए।
उनले भने, ‘प्रधानमन्त्री सिंहदरबारमा बसिराख्नुभएको छ, कालो चस्मा लगाएर, यहाँ संसद्मा पुरै तपाईँको हामीले जवाफ खोजिरहेका छौँ। कि त उहाँले भन्न सक्नुपर्छ उहाँ संसद्बाट निर्वाचित प्रधानमन्त्री होइन, नेपालको संसद्को सदस्य होइन भनेर।’
प्रतिक्रिया