काठमाडौं– शिक्षामन्त्री महावीर पुनले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताप्रति लक्षित गर्दै विदेश भ्रमणको कडा आलोचना गरेका छन् ।
शुक्रबार आफ्नो फेसबुकमा पोस्ट गर्दै मन्त्री पुनले नाम नलिई गुप्ताको अमेरिका भ्रमणलाई व्यंग्य गरेका हुन् ।
मन्त्री पुनले लेखेका छन्, “लौ जा, म मन्त्री भएपछि पहिला पनि निमन्त्रणा आएको तीन वटा विदेश भ्रमणमा गईन । अहिले पनि दुई वटा निमन्त्रणा आएछ । यसमा पनि जान्न । देशको अर्थतन्त्र नसुधारेसम्म जोसुकै प्रधानमन्त्री र अर्थमन्त्री आए पनि केही प्रगति हुनेवाला छैन किनभने केही गर्न पैसा चाहिन्छ । विदेश घुमेर अर्थतन्त्र बन्छ ??
प्रतिक्रिया