+
Search

ताजा अपडेट +

पपुलर +

सांसद किनबेच र अपहणले सत्ता जोगिएला, तर देशले हार्नेछ : बाबुराम भट्टराई

पालिका लाइभ
२०७८ बैशाख १६, बिहीबार

काठमाडौं- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्ता जोगाउन गरिने सांसद किनबेच र अपहरणले लोकतन्त्र कमजोर हुने बताएका छन्।

गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमा मतदान सुरु हुनै लाग्दा बुधबार राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहीन भएको सन्दर्भमा नेता भट्टराईले यस्तो टिप्पणी गरेका हुन्।

‘सांसद किनबेच, अपहरण, निष्कासन, अस्पताल भर्ना, संसद बिघटन, स्थगन, अबरोध जस्ता हर्कतले कसैले सत्ता जोगाउला,’ भट्टराईले समाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘तर यसले अन्तत लोकतन्त्र, समाजवाद, संघीयता संविधानले हार्नेछ। अनि देश, राष्ट्रियता, स्वाधीनता, सार्वभौमसत्ताले हार्नेछ। वेलैमा चेतौं, राष्ट्रिय सहमति, एकता कायम गरौं। भोलि धेरै ढिलो हुनेछ!’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ