काठमाडौं- भाषणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमन के हो, कहाँ भयो भनेर प्रश्न गरेपछि जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले त्यसको परिभाषा दिएका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका डाक्टर भट्टराईले प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै सामाजिक सञ्जालमार्फत प्रतिगमन के के हुन् भनेर ६ बुँदामा उल्लेख गरेका हुन्।
डा. भट्टराईले शनिबार राति ट्विट गर्दै भनेका छन्, ‘अहिलेको समयमा प्रतिगमनको परिभाषा यो हो केपी शर्मा ओली महोदय : १. संसद् विघटन गर्नु/पुनर्स्थापित संसद् चल्न नदिनु, २. संवैधानिक अंग कब्जा गर्नु/राज्यका सबै अंग सेटिङमा चलाउनु, ३. संघीयता अपांग बनाउनु, ४. टीआरसी, मधेस/थारू विद्रोहका मुद्दा हल नगर्नु, ५. भ्रष्टाचारको पहाड बनाउनु, ६. अर्थतन्त्र शून्य इत्यादि।’
अहिलेको समयमा प्रतिगमनको परिभाषा यो हो @kpsharmaoli महोदय:१.संसद विघटन गर्नु;पुनर्स्थापित संसद चल्न नदिनु;२.संवैधानिक अंग कब्जा गर्नु;राज्यका सबै अंग सेटिॅगमा चलाउनु;३.संघीयता अपांग बनाउनु;४.TRC,मधेस/थारू विद्रोहका मुद्दा हल नगर्नु;५.भ्रष्टाचारको पहाड बनाउनु;६.अर्थतन्त्र शुन्य!इ!
— Baburam Bhattarai (@brb1954) April 3, 2021
प्रतिक्रिया