+
Search

ताजा अपडेट +

पपुलर +

समाचार खण्डन : गाउँपालिकाकाे पत्रका अाधारमा बाटाे खनिएकाे हाे

पालिका लाइभ
२०७६ बैशाख २५, बुधबार

गाेरखा- धार्चे गाउंपालिका : हार्इडाे निर्माणका नाममा ‘माछाखाेलामा डाेजर’ शिर्षकमा गाेरखा सन्देशमा प्रकाशित समाचारकाे हार्इडाे पावर कम्पनी र गाउँपालिकाले खण्डन गरेका छन् ।

धार्चे गाउँपालिकाकाे केन्द्र माछाखाेलामा निजि कम्पनीले हार्इडाे पावर निर्माण गर्न प्रयाेग गर्ने बाटाेका रूपमा माछाखाेलामा डाेजर चलाएकाे भन्दै स्थानियहरूले अाराेप लगाएकाे भन्दै समाचार प्रकाशित प्रति गाउँपालिकाले र निर्माण कम्पनीले खण्डन गरेका हुन् ।

‘फिल्डकाे आधिकारिकता र प्रक्रिया नबुझि उल्लेखित समाचार प्रकाशित भइ जनमानसमा भ्रम उत्पन्न भएको हुँदा समाचारको विषयवस्तुको सत्यतथ्य तथा संवेदनशिलता नबुझी प्रकाशित यसखाले समाचारबाट कोही पनि भ्रममा नपर्न सम्बन्धित सबै पक्षलाई हामी हार्दिक आग्रह गर्दछ,’ निर्माण कम्पनीले भनेकाे  छ।

‘यस क्षेत्रमा प्रभाव पर्ने वातावरण अध्ययन रिपोर्ट तयार पारी सरोकारवालालाई सहभागि गरी ३५ दिनै सुचना दिई सर्बजानिक सुनुवाईको भेला गरे पश्चात नै हामीले काम अगि बढाएका हाैँ’ निर्माण कम्पनी भन्छन् ‘हाम्राे सबै पकृया सकिएकाे  छ। जग्गा खरिद गरी जग्गाकाे समेत उचित मुअब्जा दिएका छाै । अहिले शेयर हाल्नका लागी सम्पुर्णलार्इ अनुराेध गर्दछाैँ ।’

‘बिकाश हाईड्रो पावर कम्पनिलाई संबन्धित गाउंपालिकाले बाटो खन्न अनुमति दिदै अनुरोध गरेको सो मोटर वाटोले लाप्राक सिङला गुम्दा र लप्सिवोटको जन्तालाई प्रत्यक्ष फाईदा हुने साथै आयोजना निर्माण गर्ने समेत कम्पनिलाई यो मोटरवाटोले सजिलो हुने हुदा गाउपालिकाको अनुरोध र अनुमतिमा सो मोटरवाटो निर्माण गरियको हो’। गाउपालिकाका प्रमुख सन्त बहादुर गुरूङ र बिकाश हाईड्रो पावर कम्पनिकाका संचालक सरोज धितालले भने ।

‘हामी झोलामा खोला हाल्नेको बिरोधि है . हामी आयोजना २ बर्षमा सम्पन्न गरेर धार्चे गाउपालिकालाई लोडसेडिङ मुक्त गर्छौ. नेपालको पानी जनताको लगानीलाई हामी टेवा दिन्छौ भन्दै धितालले समाचारकाे पछि नलाग्न संबन्धित सबै लगानीकर्ता सुभचिन्तकलाई अनुरोध गरेका छन् । उनी भन्छन्  ‘हामि तपाईहरूको बिश्वास र मायालाई कदापि निमोठ्ने छैन ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ