+
Search

ताजा अपडेट +

पपुलर +

बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयन, वडा स्तरीय १७ वटा योजना सम्पन्न

पालिका लाइभ
२०८१ मंसिर ३, सोमबार

म्याग्दी– गत असारको नगर सभाबाट छनौट भई बजेट विनियोजन भएका वडा स्तरीय दुई सय ७१ मध्य ४७ वटा सम्झौता र नगर स्तरीय ३२ मध्य आठ वटा ठेक्का प्रक्रियामा रहेका नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले चालु आर्थिक वर्ष २०८१र८२ मा तीन सय तीन वटा पूर्वाधार सम्बन्धी योजना कार्यान्वयन गर्दैछ ।

सडक, खानेपानी, सिचाई, पहिरो तथा नदी नियन्त्रण, भवन, खेलमैदान निर्माण सम्बन्धी योजना छनौट भएका छन् ।

गत आर्थिक वर्षमा ठेक्का सम्झौता भएको खबरा खानेपानी, बेनी (अर्थुंगे-पुलाचौर-भुतपानी र बेनी-अर्थुंगे-तोरीपानी सडक योजना निर्माण सकिएको ईञ्जिनियर सुदिप गौतमले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका २१ वटा योजना कार्यान्वयनको चरणमा छन् ।

न्यायिक समितिमा गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको छ । नयाँ दर्ता भएका छ सहित १० वटा फस्यौट भएको र दुई प्रक्रियामा रहेका नगर उपप्रमुख ज्योति लामिछानेले बताए ।  पाँच करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको नगरपालिकाले पहिलो चौमासिकमा ८० लाख २७ हजार १८ हजार राजस्व संकलन गरेको छ ।

वडा स्तरीय १७ वटा योजना सम्पन्न भएका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए । पाँच लाखसम्म बजेटका योजनाहरू वडा कार्यालयमै सम्झौता गर्ने व्यवस्था मिलाएको नगरपालिकाले १० वटा मध्य ७ र ८ नम्बर बाहेकका वडामा उपभोक्ता समिति गठन गरेर कार्यान्वयनका लागि अभिमुखीकरण गराएको छ ।

पूर्वाधार आयोजनाहरूका लागि १२ करोड ४३ लाख २५ हजार बजेट विनियोजन भएकोमा साउन देखि कात्तिक महिनासम्म ४५ लाख ९६ हजार खर्च भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।

बेनी-अर्थुंगे तोरीपानी, बेनी-अर्थुंगे-पुलाचौर-भुतपानी, बेनी-लभ्लिहिल-ज्यामरुककोट, अर्थुंगे-पुलाचौर, महारानीथान–छाप डाडाखेत, बेनी-अुर्थंगे-तोरीपानी-पात्लेखेत सडक, खबरा र पुलाडाडा पुरुण्डी खानेपानी, रावण पार्क र जामुना खर्क नमुना विद्यालय भवन नगरपालिकाको चालु आर्थिक वर्षमा सञ्चालित ठूला आयोजना हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ