+
Search

ताजा अपडेट +

पपुलर +

प्राबिधिकहरुको आन्दोलनले गोरखामा पुनःनिर्माणको काम प्रभावित

पालिका लाइभ
२०७५ चैत्र २, शनिबार

गोरखा- पुनःर्निमाणमा खटिएका प्राविधिकहरुको आन्दोलनका कारण जिल्ला भित्र भुकम्प पछिको पुनःनिर्माणको काम प्रभावित भएको छ ।

बिभिन्न आठबुँदे माग पुरा गर्न दवाव दिदै प्राबिधिकहरु आन्दोलनमा उत्रिएपछि पुनःनिर्माणका काम प्रभावित भएको हो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अन्र्तगतका प्राबिधिकहरुलाई यसअघि दिदै आएको सेवासुबिधा कटौटी भएपछि पुनः उपलब्ध गराउनु पर्ने भन्दै उनीहरुले कामकाज ठप्प पारेका हुन् । आफुहरुको मागको सम्बोधन नभएसम्म काममा नर्फने प्राबिधिक हकहित संरक्षण समितिका जिल्ला संयोजक बलराम घिमिरेले बताए ।

प्राबिधिहरुले भौगोलिक, प्रोत्साहन, यातायात महंगी भत्ता साथै सञ्चार भत्ता मासिक रुपमा उपलब्ध गराउनु पर्ने माग गरेका हुन् । त्यस्तै जिल्लामा खटिएका प्राविधिकलाई परिचयपत्र, स्वास्थ्य तथा दुर्घटना विमा, क्षमता अभिवृद्धि तालिमको पनि ब्यबस्था हुनुपर्ने उनीहरुको माग छ ।

प्राबिधिकहरुको आन्दोलनका कारण भुकम्प पिडितहरुको किस्ता सिफारिस, घर नापजाँच लगाएका काम रोकिएको छ ।

जसका कारण भुकम्प पिडितहरुलाई अनुदान रकम प्राप्त गर्न ढिलाई भएको छ । लाभग्राही भुकम्प पिडितहरुले घर बनाउदा प्राबिधिकहरु नापजाँचका लागि नआएपछि समस्या भएको बताएका छन् ।

उनीहरुले जिल्ला तथा केन्द्रिय आयोजना कार्यान्वयन इकाई, जिल्ला समन्वय समिति तथा गोरखा जिल्ला भित्रका ११ ओटै स्थानिय तहहरुमा ज्ञापन पत्र बुझाएर कामकाज ठप्प पारेका हुन् ।

सर्घष समितिले प्रमुख जिल्ला अधिकारी मार्फत राष्ट्रिय पुनर्निमाण प्राधिकरणको ध्यानाकर्षण समेत गराईसकेको संयोजक घिमिरेले बताए ।

आफुहरुको माग सम्बोधन नभएसम्म काममा नर्फकने प्राबिधिकहरुको भनाई छ । गोरखा जिल्लामा राष्ट्रिय पुनर्निमाण प्राधिकरण अन्तरगत १ सय ६ इन्जिनियर, ७४ सब इन्जिनियर र ७१ असिस्टेन्ट सब इन्जिनियर कार्यरत रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ