+
Search

ताजा अपडेट +

पपुलर +

वडाध्यक्ष थापाको निधनमा आज कागेश्वरी मनोहरामा शोक बिदा

पालिका लाइभ
२०८२ मंसिर १९, शुक्रबार

काठमाडौं- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले वडाध्यक्षको निधनमा आज शोक बिदा दिएको छ ।

वडा नम्बर ७ का वडाध्यक्ष भिमसेन थापाको निधन भएपछि नगरपालिकाले आज शोक बिदा दिएको हो ।

वडाध्यक्ष थापाको बिहीबार हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

वडाध्यक्ष थापाको निधनमा नगरपालिकाले बिहीबार शोक विज्ञप्ति जारी गरी पालिकाअन्तर्गतका वडा कार्यालय, अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य संस्था, आयुर्वेद औषधालय, संस्थागत तथा सामुदायिक विद्यालयमा आज शोक बिदा दिएको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ