+
Search

ताजा अपडेट +

पपुलर +

फतुवा विजयपुर नगरपालिकामा चरम बेथिति, आजपाले प्रतिकार गर्ने

पालिका लाइभ
२०८२ भाद्र ८, आईतवार

रौतहट – जिल्लाको उत्तरी तथा पश्चिमी भू–भागमा पर्ने फतुवा विजयपुर नगरपालिकामा बढ्दो भ्रष्टाचार र अनियमितताविरुद्ध आम जनता पार्टी (आजपा)ले प्रतिकार गर्ने चेतावनी दिएको छ।

शनिवार सितलपुरमा बसेको आजपाको नगर समिति बैठकले भ्रष्टाचारविरुद्ध संघर्ष गर्ने संकल्प गर्दै संगठन निर्माण र विस्तारलाई अभियानको रूपमा अघि बढाउने निर्णय गरेको हो।

बैठकमा बोल्दै नगर अध्यक्ष तथा मेयरका प्रत्याशी विजय यादव भने, ‘नगरपालिका स्थानीय सरकार भए पनि नगरवासीले त्यसको अनुभूति गर्न सकेका छैनन्। बरु पालिकाभित्र भ्रष्टाचार र अनियमितता चरम सीमामा पुगेकाले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’

उनका अनुसार देशव्यापी आर्थिक मन्दीको मार सबैभन्दा बढी फतुवा विजयपुरमा परेको छ। यहाँ आर्थिक स्रोत र साधन सीमित भए पनि स्थानीय सरकारद्वारा ठोस काम नभएको उनले आरोप लगाए।

यादवले थपे, ‘यस्तो संकटपूर्ण अवस्थामा जनतामाथि अनावश्यक करको भार थोपार्ने, जनताको पसिनाबाट आएको बजेटलाई केही निर्वाचित प्रतिनिधि र उनीहरू नजिकका व्यक्तिहरूले भागबन्डा गर्ने प्रवृत्तिले नगरको विकास सम्भव छैन। यसले जनता निराश भएका छन्।’

उनका अनुसार नगरवासीले आम्दानी गर्दा मात्र कर तिर्नुपर्ने र घाटा बेहोर्दा राज्य तटस्थ बस्ने नीति अन्यायपूर्ण छ। समयमा कर नतिरे सजाय दिने तर उत्पादन घट्दा सहयोग नगर्ने प्रवृत्ति खुलेआम मौलाएको उनको भनाइ थियो।

यादवले नगरपालिकामा जन्मदेखि मृत्यु दर्तासम्म कर लगाउने, आन्तरिक राजस्व संकलन पारदर्शी नबनाउने र यसको सदुपयोग नगर्ने कार्य भइरहेको पनि आरोप लगाए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ