+
Search

ताजा अपडेट +

पपुलर +

गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजीनामा

पालिका लाइभ
२०८२ असार ३२, बुधबार

महोत्तरी– गौशाला नगरपालिकामा ३१ जना प्रधानाध्यापकहरूले सामूहिक राजीनामा दिएका छन् ।

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले नगरपालिकाले शैक्षिक क्षेत्रमा बेवास्ता गरेको आरोपमा आज नै राजीनामा दिएका हुन ।

दिवा खाजा तथा नियमित अत्यावश्यक रकम न्यून निकासा गरेको र यथास्थितिमा शैक्षिक गुणस्तरको लागि काम गर्न नसकिने निष्कर्ष प्रधानाध्यापकहरूको छ ।

शैक्षिक उन्नयनको लागि प्रतिवेदन पेश गर्दा पनि स्थानीय सरकारले शैक्षिक क्षेत्रलाई उपेक्षा गरेको बत्ताउँदै आधारभूत कार्यहरू समेत गर्न नसकिएको उनीहरूले गुनासो गरेका छन् ।

यता नगरपालिकाले भने प्रधानाध्यापकहरूले शैक्षिक क्षेत्रमा राजनीति गर्न खोजेको र त्यसलाई सफल हुन नदिने जिकिर गरेको छ।

नगर प्रमुख दीपेन्द्र महतोले प्रधानाध्यापकहरूले तत्काल राजीनामा फिर्ता नलिए राजीनामा स्वीकृत गरेर नयाँ प्रक्रियामा जाने समेत चेतावनी दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ