+
Search

ताजा अपडेट +

पपुलर +

ललितपुरका मेयर र चीनस्थित नेपाली राजदूतले चचिआङ प्रान्तमा उद्घाटन गरे नेपाल मण्डप

पालिका लाइभ
२०८२ बैशाख १, सोमबार

काठमाडौं– ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन तथा बेइजिङस्थित नेपाली राजदूत कृष्णप्रसाद ओलीले चीनको तटीय प्रान्त चचिआङको हाङ्चाओमा नेपाल मण्डप उद्घाटन गरेका छन् ।

हाङचाओ सहरका उपमेयर चन वेइछिआङसमेत सहभागी भएर उद्घाटन गरिएको मण्डपले उक्त शहरमा नेपाल चिनाउने र नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्षगाँठको अवसरमा राम्रो कदम भएको राजदूत ओलीले बताएको दूतावासले उल्लेख गरेको छ ।

यस्तै, मेयर महर्जनले ललितपुरको सम्पदा क्षेत्रको मौलिकताको चर्चा गरेर सन २०२५ मा चीनले नेपाल भ्रमण वर्षको मान्यता दिएको भन्दै नेपाल आउन आग्रह गरे ।

हाङचाओका उपमेयरले नेपाल र चीन जोड्ने आधार बुद्ध धर्म भएको भन्दै नेपाल मण्डल ललितपुर र हाङचाओको मित्रताको बिम्ब बन्ने बताए ।

जी–२० सम्मेलनदेखि एसियाली खेलकुदसम्म भएको हाङचाओ सहरमा बिपी कोइराला र माओको पनि भेट भएको थियो । यो चीनको व्यापारिक नगर साङ्घाई नजिकै रहेको अर्को पूर्वी चीनको चर्चित सहर हो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ