+
Search

ताजा अपडेट +

पपुलर +

पाँचखालका मेयरको घोषणा : सेवा सुविधा वापतको १५ लाख बाढीपहिरो पीडितलाई

पालिका लाइभ
२०८१ आश्विन २१, सोमबार

काभ्रे– पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले आफनो सेवा सुविधा वापत आउने रकम बाढीपहिरो प्रभावितका लागि सहयोग गर्ने घोषणा गरेका छन् ।

उनले आफ्नो तीन वर्षको सेवा सुविधावापतको १५ लाख रुपैयाँ बाढीपहिरो प्रभावित पालिकालाई दिने घोषणा गरेका हुन ।

आइतबार बसेको कार्यपालिकाको बैठकबाट आधिकारिक निर्णय नै गराएर उनले सेवा सुविधावापतको रकम काभ्रे जिल्लाका प्रभावित पालिकाका पीडितका लागि सहयोग गर्ने घोषणा गरेका हुन् ।

‘पाँचखाल नगरभन्दा अन्य पालिकामा धेरै नै जनधनको क्षति भएकोले उहाँहरुलाई सानो भए पनि सहयोग होस् भनेर यो निर्णय गरेको हो,’ उनले भने ।

यही असोज ११ र १२ गते आएको बाढीपहिरोले गर्दा काभ्रेमा मानवीय क्षतिका साथै निजी आवास, सडक, जलविद्युत्, शैक्षिक स‌ंस्था, कृषि, व्यवसायलगायत क्षेत्रमा ठूलो क्षति भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ