+
Search

ताजा अपडेट +

पपुलर +

स्थानीय तहको अधिकारमाथि शिक्षामन्त्रीको हस्तक्षेप, निर्णय नमान्ने ७५३ स्थानीय तहको घोषणा

पालिका लाइभ
२०८१ असार १, शनिबार

काठमाडौं- नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले शिक्षा मन्त्री सुमना श्रेष्ठले जारी गरेको शिक्षक सरुवा सम्वन्धि मापदण्ड नमान्ने घोषणा गरेका छन् ।

मन्त्री श्रेष्ठले गत १३ जेठमा जारी गरकाे शिक्षक सरुवा सम्वन्धि मापदण्डले स्थानीय तहको अधिकारमाथि हस्तक्षेप गरेको भन्दै उनीहरुले नमान्ने घोषणा गरेका हुन् ।

नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगाना र गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको प्रावधानविपरित सरुवा सम्वन्धि मापदण्ड जारी भएकाले त्यसलाई नमान्ने घोषणा गरेका छन् ।

उनीहरुले विज्ञप्तिमार्फत देशभरका सबै स्थानीय तहलाई पालिकाले बनाएको स्थानीय शिक्षा ऐन बमोजिम नै शिक्षक सरुवा सम्वन्धि काम अघि बढाउन आह्वानसमेत गरेका छन् ।

शिक्षा मन्न्त्रालयले बनाएको मापदण्डमा विद्यालय शिक्षालाई केन्द्रीकृत गर्न खाजिएको स्थानीय तहहरुको आरोप छ ।

संविधानले विद्यालय शिक्षाको एकल अधिकार स्थानीय तहलाई दिएको अवस्थामा मन्त्रालयले २०२८ सालको शिक्षा ऐनको झल्को दिनेगरी शिक्षक सरुवामा हस्तक्षेप गर्न खोजेको स्थानीय सरकारहरुको बुझाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ