+
Search

ताजा अपडेट +

पपुलर +

‘स्कुल विभाग’मा ईश्वर कि नारायणकाजी भन्ने विषयमा कुरा नमिलेपछि नेकपा सचिवालय बैठक स्थगित

पालिका लाइभ
२०७६ श्रावण ७, मंगलवार

काठमाडाैं- ‘स्कुल विभाग’मा ईश्वर पोखरेल कि नारायणकाजी श्रेष्ठ भन्ने विषयमा कुरा नमिलेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ।

आयोग र विभागको टुंगो लगाउन मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्ने भनिएको बैठक विभागमा कुरा नमिलेपछि स्थगित भएको भएको हाे ।

नेकपाका ३२ केन्द्रीय विभागमध्ये पूर्वएमालेको भागमा १८ र पूर्वमाओवादीका भागमा १४ विभाग परेका छन्।

पूर्व एमालेले विदेश विभागमा माधवकुमार नेपाल र संगठन विभागमा वामदेव गोतको नाम टुंग्याइसको छ।

विभागमा भागबण्डा टुंगिए पनि कुन विभाग कसले लिने भने भन्ने नटुंगिँदा विवाद शुरु भएको हो।

विशेष पछिल्लो विवाद स्कुल विभागमा देखिन्छ। सो विभागमा पाेखरेल र श्रेष्ठले दावी गरेका छन्।

पूर्व माओवादी पक्षले आइतबार छुट्टै बैठक नै बसेर स्कुल विभाग नछाड्ने निर्णय गरेको थियो।

दुवै समूहले स्कुल विभागलाई प्रतिष्ठाको विषय बनाएपछि सो विवाद भएको देखिन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ