चितवन- लामाे समयदेखि विरामी परेका नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माअाेवादी)का पाेलिटब्युराे सदस्य तथा गण्डकी प्रदेशका इन्चार्ज श्रीनाथ अधिकारीकाे सणवास्थ्य अवस्था जटिल बन्दे गएकाे छ ।
गत पुस २७ गतेदेखि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भर्ना भएका अधिकारीलाई थप उपचारका लागि वैशाख २२ गते हरिसिद्धी लगिएको थियो ।
फोक्सोमा देखिएको क्यान्सर फैलिएर टाउकोसम्म पुगेको र शरीरको कम्मरमुनिको भागमा पक्षघात हुनाका साथै उनको अवस्था निकै जटिल भएपछि आज अस्पतालबाट बाहिर निकाल्ने तयारी गरिएकाे हाे ।
शनिबार साँझ अधिकारीलाई सोही पार्टीका महासचिव मोहन वैद्य किरणले अस्पताल पुगेर भेट गरेका थिए ।
विसंं २०११ मा अजिरकोट गाउँपालिका–३ हंसपुर गोरखामा जन्मिएका अधिकारी विसंं २०३२ देखि कम्युनिष्ट आन्दोलनमा लागेका थिए ।
माओवादी पार्टी विभाजनसँगै वैद्य नेतृत्वमा लागेका अधिकारीलाइ भेट्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, गृहमन्त्री रामबहादुर थापालगायतले अस्पताल पुगेर स्वास्थ्य लाभको कामनासहित सहयोगका लागि आश्वासन पनि दिएका थिए ।
प्रतिक्रिया