+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्रीको प्रश्न- यथास्थितिमा रकम दिन सक्दैनौं, विमान उडाउन ल्याएकाे कि लडाएर राख्न?

पालिका लाइभ
२०७६ असार १६, सोमबार

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल एयरलाइन्सको सफल सञ्चालनका लागि सरकारले जुनसुकै हस्तक्षेप गर्ने बताएका छन् ।

नेपाल एयरलाइन्सको ६१औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै ओलीले उडाउनुपर्ने गन्तव्य छोडेर गलत ठाउँमा उडान खोजिएको भन्दै एयरलाइन्सको सफल सञ्चालनका लागि सरकारले जुनसुकै हस्तक्षेप गर्ने बताए ।

उनले अहिलेकै अवस्थामा व्यवस्थापन सुधार नभएसम्म नेपाल एयरलाइन्सलाई सरकारले ऋण वा लगानी स्वरूप एक रुपैयाँ पनि दिन नसकिने स्पष्ट पारे ।

पछिल्लो समय वाइड बडी जहाज किन्न लिएको ऋणको किस्ता तिर्न नसकेको एयरलाइन्सले सरकारसँग बजेट माग्दै आएको छ । पर्यटन मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका ओलीले संस्थाले सधैं सरकारको मुख ताकेर नहुने बताए ।

‘६१ वर्षको अवधिमा उन्नति प्रगति कति भयो ? ३९ अर्ब ऋण छ । यो दान पून्यको मात्र क्षेत्र होइन । नाम सेवा निगम भए पनि व्यापार हो । निस्शुल्क स्वास्थ्य शिविर राखेजस्तो होइन’, उनले भने,‘आफैंले आम्दानी गर्नुपर्छ ।

६ जहाज किन्छौं चलाउने मान्छे छैन । वाइड बडी किन्यौं गन्तव्य छैन । नेपाल वायुसेवा निगममात्र घाटामा छ । काम गर्ने, चढ्ने, चलाउने सबै नाफामा वायुसेवा निगममात्र किन घाटामा ?’ उनले सचेत गराएका छन् ।

सरकारले भिजिट नेपाल २०२० मनाउन लागेको अवस्थामा एयरलाइन्सले पूर्ण क्षमतामा जहाज उडाउनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ