+
Search

ताजा अपडेट +

पपुलर +

२२ महिना ढिला गरी चनाैटेमा बन्याे ‘माेटरेवल पुल’

पालिका लाइभ
२०७६ जेष्ठ ७, मंगलवार

गाेरखा-  २२ महिना अगि निर्माण कार्य सम्पन्न गर्ने भन्दै ठेक्का पाएकाे चनाैटेकाे माेटरेवल पुल निर्माण भएकाे छ ।

बारपाक सुलिकोट र अजिरकोट गाउँपालिका जोड्ने दरौदी नदी माथि बनेको पुल २२ महिना ढिला गरी निर्माण भएको हाे ।

दुइ बर्षमा पुल निर्माण कार्य सक्ने गरी २०७२ साल असार १ गते एडभेन्चर धानथान जेभिले ठेक्का सम्झौता गरेकाे थियाे । पुलको सोमवार गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा बिकास मन्त्री रामशरण बस्नेतले उद्घाटन गरे ।

काम सम्पन्न नभएपछि पुन नौ महिना म्याद थपियो । तर ठेकेदारको लापरवाहीले काम अलपत्र परेपछि फेरि म्याद थपिएको हो । कुल तिन करोड ५२ लाख लागतमा पुल निर्माण भएको हो ।

यस अघि काममा ढिलाइ भएको भन्दै बारपाक सुलिकोट गाउँपालिकाका जनप्रतिनिधी, जिल्ला समन्वय समिति सदस्य, बिभिन्न राजनितिक दलका प्रतिनिधी तथा बुद्धिजिवीहरुले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारीलाइ निवेदन बुझाएका थिए ।

काम अलपत्र छाडेर लापरवाही गर्ने ठेकेदारलाइ प्रशासनले समेत बारम्वार ताकेता गरिरहेको थियो । ढिलै भएपनि पुल बनेपछि आउजाउमा सहज हुने भन्दै स्थानीय खुशी भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ