+
Search

ताजा अपडेट +

पपुलर +

पालुङटार नगरपालिकाकाे उपमेयरमा विकास भट्टराईको दावी

पालिका लाइभ
२०७८ चैत्र २७, आईतवार

गोरखा– बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा नेकपा (माआवादी केन्द्र) पालुङटारका कोषाध्यक्ष विकास भट्टराईले उपमेयर बन्न पार्टीमा उम्मेदवारी दिएका छन् ।

माओवादी केन्द्र, पालुङटार नगर सचिवालयको आज बसेको बैठकमा उनी उपमेयर बन्न पार्टीमा आँकाक्षा व्यक्त गरेका हुन् ।

पत्रकार महासंघ ललितपुर जिल्ला कार्यसमितिमा काम गरिसकेका पत्रकार भट्टराई सक्रिय पत्रकारीता छोडि पार्टी राजनीतिमा होमिएका थिए । उनी पछिल्लाे समय वडाअध्यक्षमा उठ्ने चर्चा भएपनि उपमेयरमा आँकाक्षी देखाएका हुन् ।

सक्रिय पत्रकारिता छोडि पालुङटार–२, खोप्लाङमा कृषी पेशामा आर्कषित भएका भट्टराई त्यस क्षेत्रका चर्चित पात्र हुन् । राजनीति र कृषिलाई जोडेर पालुङटारको विकासमा उल्लेखनीय काम गर्न सक्ने उनकाे दावी छ ।

यी हुन् पालुङटारमा प्रमुख तथा उपप्रमुखका आँकाक्षी

माओवादी पालुङटारमा मेयरमा सातजनाकाे उम्मेदवारी परेकाे छ । आइतबार बसेको नगर कमिटी बैठकमा सहमति जुट्न नसकेपछि आकांक्षी ७ जनाको नाम नै गण्डकी प्रदेश कमिटिमा सिफारिस गरेको हो। उपमेयरमा ९ जनाको नाम सिफारिस भएको छ।

मेयरमा मदन देवकोटा, विकास वाग्ले, जीवन बयलकोटी, इन्द्रराज भट्टराई, विवश चिन्तन, पक्फा बसेल र खोप बहादुर कंडेलले मेयरमा आंकाक्षा क्यत्त गरेका छन् । उनीमध्येमा सर्बसम्बत कोहि नभएपछि उम्मेदवारी परेको हो ।

यिनिहरूमा सबैभन्दा पहिला उम्मेदार अजय र कंडेल हुन् । हालकी उपमेयर बसेल पनि माओवादी भित्र बलिया उम्मेदवार हुन् ।

उनी माआवादी केन्द्रकी केन्द्रीय सदस्य हुन् । उपमेयरमा आशिष देवकोटा, सुन आचार्य, विकास भट्टराई, केशव न्यौपाने, शर्मिला बगाले, निर्मला मल्ल, वन्दना पाण्डे, उपा पाण्डे र शंकरराज कंडेललाई सिफारिस गर्ने निर्णय गरेको छ। जिल्ला भित्रका अन्य स्थानीय तहमा चैत्र ३० गतेभित्र प्रदेश कार्यालय पठाउन निर्देशन दिएकाे छ ।

याे पनि,

गाेरखाका चार दलहरू आ-आफ्नै तालमा, साना दलको साथ खाेज्दै एमाले

यि हुन् कांग्रेस गाेरखाका पालिका प्रमुख उपप्रमुखका आंकाक्षी

स्थानीय तह निर्वाचन गाेरखा : यि हुन् कांग्रेसका मेयर र उपमेयरका ‘आंकाक्षी उम्मेदवार’

स्थानीय निर्वाचन गाेरखा : विरासत फर्काउने दाउमा माओवादी, कांग्रेसलाई आफ्नैको डर !

गोरखाका ६८ मतदानस्थल ‘अति संवेदनशील’

क्रान्तीकारी माओवादी गाेरखाले भन्याे : माओवादी केन्द्र कांग्रेसकाे ‘मतियार’ बन्याे

गाेरखाका चार दलकाे बैठक : केन्द्रकाे निर्णय मान्ने, एक आर्कामा आराेप नलगाउने

गोरखामा बढ्याे चुनावी सरगर्मी : कार्यालयमा भेटिन्नन् जनप्रतिनिधि !

गाेरखामा २३ राजनीतिक दलले स्थानीय तह निर्वाचनमा भाग लिन पाउने

गाेरखामा २ लाख २० हजार मतदाता : २१५ मतदान स्थल, ३२१ मतदान केन्द्र

स्थानीय निर्वाचनको रौनक : गोरखामा कुन तहमा को बलियो ?

फर्केर हेर्दा स्थानीय निर्वाचन २०७४ : गाेरखाका कुन स्थानीय तहमा कस्तो नतिजा, अब कस्ताे हाेला ?

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ