+
Search

ताजा अपडेट +

पपुलर +

नेपालसँग छ २८ खर्ब ६ अर्बको विदेशी मुद्रा, २० महिनाको वस्तु आयात धान्ने

पालिका लाइभ
२०८२ भाद्र ३०, सोमबार

काठमाडौं- नेपालसँगको विदेशी मुद्रा सञ्चिति २८ खर्ब रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको असार मसान्तमा कुल सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले वृद्धि भई २०८२ साउन मसान्तमा २८ खर्ब ६ अर्ब ४ करोड पुगेको हो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा ०८२ साउन मसान्तमा २५ खर्ब ११ अर्ब ४५ करोड पुगेको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ साउन मसान्तमा १२.० प्रतिशतले वृद्धि भई २ खर्ब ९४ अर्ब ५८ करोड कायम भएको छ ।

पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २०.४ महिनाको वस्तु आयात र १६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ