+
Search

ताजा अपडेट +

पपुलर +

उज्यालो नेपाल पार्टीले भन्यो–सुकुमवासीको दीर्घकालीन व्यवस्थापन गर

फाइल तस्बिर
पालिका लाइभ
२०८३ बैशाख १२, शनिबार

काठमाडौं– उज्यालो नेपाल पार्टीले काठमाडौं उपत्यकाको नदी किनारबाट हटाइएका नागरिकमध्ये वास्तविक सुकुमवासी पहिचान गरी उनीहरूको उचित र दीर्घकालिन व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ।

शनिबार बिहान विज्ञप्ति जारी गरी उज्यालो नेपाल पार्टीले भनेको छ, ‘नेपालको संविधानले प्रत्याभूत गरेको बसोबासको मौलिक हक, मानवीय मर्यादा, सामाजिक न्याय र मानवअधिकारसँग प्रत्यक्ष जोडिएको गम्भीर विषय भएकाले वास्तविक सुकुमवासीको पहिचान गरी उचित र दीर्घकालीन व्यवस्थापन गर्न उज्यालो नेपाल पार्टी जोडदार माग गर्दछ।’

सबै सरोकारवाला पक्ष- सरकार, स्थानीय तह, नागरिक समाज र सुकुमवासी समुदायलाई संवेदनशील भई संवाद र सहमतिको माध्यमबाट समस्या समाधान गर्न पार्टीले आह्वान गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ