+
Search

ताजा अपडेट +

पपुलर +

विश्वकप लिग–२ः

बलिङ चम्किँदा नेपालले यूएईलाई ३७ रनले हरायो

पालिका लाइभ
२०८३ बैशाख १२, शनिबार

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारी घरेलु सिरिजको पहिलो खेलमा नेपालले युएईमाथि ३७ रनको जित निकालेको छ । नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभर २ बलमा १६३ रनमा समेटियो ।

हरप्रित सिंहले ३९, मुहम्मद वसीमले ३४, अक्षदीप नाथले ३० तथा आर्यान्स शर्माले १८ रन जोडे। निलान्स केसवानीले १८ रन जोडे।

बलिङतर्फ नेपालका करण केसीले ९.२ ओभरमा २ मेडेनसहित १९ रन खर्चेर चार विकेट लिए। यस्तै, सन्दीप लामिछानेले १० ओभरमा २ मेडेनसहित २५ रन खर्चेर दुई विकेट लिँदा सोमपाल कामीले ९ ओभरमा ५० रन खर्चेर दुई विकेट लिए। दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले एक–एक सफलता हात पारे।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपाल ४८.२ ओभरमा २०० रनमा अलआउट भयो। ऐरीले अर्धशतकीय इनिङ्स खेल्दै ७६ रन जोडे। ९० बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे।

यस्तै, कुशल भुर्तेलले २४, करण केसीले २२, आरिफ शेख र सोमपाल कामीले १५–१५ रन जोड्दा भीम सार्कीले १० रन बनाए। अन्य ब्याट्म्यानले दोहारो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ यूएईका जुनैद सिद्धिकीले ९.२ ओभरमा ३ मेडेनसहित ३३ रन खर्चेर तीन विकेट लिए भने अजय कुमारले ९ ओभरमा ३४ रन खर्चेर तीन विकेट लिए। यस्तै, खुजैमा तनवीरले दुई तथा हैदर अली र मुहम्मद शहदादले एक–एक विकेट लिए।

नेपालले अब अर्को खेलमा बुधबार ओमानसँग खेल्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ