+
Search

ताजा अपडेट +

पपुलर +

मन्त्रिपरिषद् बैठक:

मन्त्रिपरिषद् बैठकले के–के गर्‍यो निर्णय ? (सूचीसहित)

गृहमन्त्रीबारे कुनै छलफल भएन

पालिका लाइभ
२०८३ बैशाख ८, मंगलवार

काठमाडौं– सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार दिउँसो मन्त्रिपरिषद् बैठक बसेको थियो ।

उक्त बैठकका निर्णयहरू सञ्चार, सूचना एवं प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले जानकारी गराएका छन् ।

उनका अनुसार, तीन वटा ऐन संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृत भएको छ ।

मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरे पनि गृहमन्त्री सुधन गुरुङबारे उठेको विवादमा भने कुनै निर्णय गरेन ।

यस्ता छन् मुख्य निर्णयहरू :

–नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोकत्वमा अर्थ सचिव घनश्याम उपाध्याय र भूवन कुमार दाहाल, काठमाडौं सदस्य रहनेगरी सिफारिस समिति गठन गर्ने ।

–नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने ।

–प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृत दिने ।

–मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृत दिने ।

–समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लिराज आचार्य, प्युठान र सदस्य पदमा नवराज सिम्खडा धादिङ र रोशनबहादुर शाक्य ललितपुरलाई नियुक्ति र मनोनयन गर्ने ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ