काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २३ जना उपसचिवहरूको सरुवा गरेको छ। मन्त्रालयले गत चैत ३० गते दुई जना र वैशाख २ गते २१ जना गरी कुल २३ उपसचिवको सरुवा गरेको हो।
मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार सरुवा गरिएका मध्ये १४ जनालाई स्थानीय तहमा खटाइएको छ। लामो समयदेखि सिंहदरबारमै कार्यरत रही स्थानीय तहको अनुभव नभएका कर्मचारीहरूलाई समेत नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाइएको मन्त्रालयले जनाएको छ।
सरुवा सूचीअनुसार अतिरिक्त समूहमा रहेका जगदीशचन्द्र नेपालीलाई चन्द्रागिरि नगरपालिकामा खटाइएको छ भने त्यहाँ कार्यरत सुरेन्द्र थापा मगरलाई आदिवासी जनजाति आयोगमा सरुवा गरिएको छ।
यसैगरी, रूपनारायण खतिवडालाई गोलबजार नगरपालिका, झंकनाथ ढकाललाई मलगंवा नगरपालिका (सर्लाही), मेघराज पन्तलाई बलरा नगरपालिका (सर्लाही), लोकनाथ भुसाललाई रामगोपाल नगरपालिका र नवराज अधिकारीलाई सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाइएको छ। अतिरिक्त समूहका श्रीधर पन्थीलाई पचरौता नगरपालिकामा खटाइएको छ।
त्यस्तै, शेखर पौड्याललाई पोखरिया नगरपालिका, रमेश अधिकारीलाई बहदुरमाई नगरपालिका, हरिप्रसाद पन्तलाई कटहरिया नगरपालिका, बुद्धिप्रसाद उपाध्यायलाई त्रिवेणी नगरपालिका, गणेशविक्रम शाहीलाई कमलबजार नगरपालिका, तर्कराज भट्टलाई महाकाली नगरपालिका र हरिप्रसाद शर्मालाई मेलौली नगरपालिकामा खटाइएको मन्त्रालयले जनाएको छ।
अन्य सरुवाअन्तर्गत सागर शाहलाई गृह मन्त्रालय, लामो समयदेखि जिम्मेवारीविहीन रहेका शोभाखर रेग्मीलाई पर्यटन मन्त्रालय, सत्यराज जोशीलाई राष्ट्रिय सतर्कता केन्द्र, सोमनाथ गौतमलाई भूमि व्यवस्था मन्त्रालय र वैकुण्ठ उपाध्यायलाई उद्योग मन्त्रालयमा पठाइएको छ।
यस्तै, होमबहादुर थापा र वन्दना झालाई उद्योग मन्त्रालय तथा कृष्ण शर्मालाई गृह मन्त्रालयमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया