+
Search

ताजा अपडेट +

पपुलर +

मुक्तिनाथ विकास बैंकको फाइदा एपबाट ‘सेल्फ रिन्यु’ सुविधा सुरु

पालिका लाइभ
२०८३ जेष्ठ १३, बुधबार

काठमाडौं– मुक्तिनाथ विकास बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा ‘मुक्तिनाथ फाइदा एप’ मा नयाँ ‘सेल्फ–रिन्यु’ लगायत सुविधा थप गरेको छ । यस सुविधासँगै ग्राहकलाई मोबाइल बैंकिङ सेवा नवीकरण गर्न शाखा धाउनुपर्ने बाध्यता हटेको छ ।

अब ग्राहकले घरमै बसेर वा आफ्नो सहजता अनुसार यस बैंकको मोबाइल बैंकिङ एप नवीकरण गर्न सक्नेछन् ।

त्यसको लागि एपमा लगइन गरी एक्स्पायरी पपअप देखिएपछि ‘रिन्यु नाओ’ मा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि नवीकरण शुल्क सम्बन्धी जानकारी तथा व्यवस्थापनपछि ‘कन्टिन्यु’ थिचेर आफ्नो ‘ट्रान्ज्याक्सन पिन’ प्रविष्ट गरेपछि सेवा तुरुन्त सक्रिय हुने व्यवस्था छ ।

बैंक नगई फाइदा एपबाट ग्राहकले आफ्नो राष्ट्रिय परिचयपत्र तथा पान विवरण अपडेट गर्न सक्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी र ग्राहकमैत्री बनाउन यो सुविधा ल्याइएको बैंकले जनाएको छ ।

मुक्तिनाथ फाइदा एपमार्फत ग्राहकले विभिन्न बैंकिङ सेवा सहज रूपमा प्रयोग गर्न सक्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ