+
Search

ताजा अपडेट +

पपुलर +

आर्थिक संकट कारण देखाउँदै सरकारद्वारा निजी अस्पतालमा स्वास्थ्य बीमा रोक

पालिका लाइभ
२०८३ जेष्ठ १३, बुधबार

काठमाडौं– सरकारले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने स्वास्थ्य बीमाका सेवामा कटौती गरेको छ ।

स्वास्थ्य बीमा बोर्डले बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै निजी अस्पतालहरूबाट उपलब्ध गराइने आकस्मिक  बाहेकका अन्य स्वास्थ्य बीमा सेवाहरू स्थगित गर्ने निर्णय गरेको हो ।

सेवा प्रदायक अस्पतालहरूलाई पत्र पठाएर बोर्डले उक्त जानकारी गराएको हो । यो निर्णय यही १६ गतेबाट लागू हुनेछ ।

बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिद्वारा जारी सूचनामा अर्को निर्णय नभएसम्मका लागि निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने गैर-आकस्मिक बीमा सेवा स्थगित गरिएको उल्लेख छ ।

पछिल्लो समय स्वास्थ्य बीमा बोर्डले गम्भीर वित्तीय समस्या झेलिरहेका कारण भुक्तानी व्यवस्थापनको कठिनाइले सरकारी अस्पतालको सेवासमेत प्रभावित भइरहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ