+
Search

ताजा अपडेट +

पपुलर +

रवि लामिछानेले भेटे भारतीय विदेशमन्त्री एस जयशंकरलाई

पालिका लाइभ
२०८३ जेष्ठ १९, मंगलवार

काठमाडौं– भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछानेले भारतीय विदेश मन्त्री एस जयशंकरलाई भेटेका छन्।

पाँच दिने भारत भ्रमणमा रहेका लामिछाने आज एस जसशंकरसँग भेटेका हुन्।

लामिछानेसँगको छलफल नेपाल–भारतको विकास साझेदारी र जनता–जनता सम्बन्ध, विकास र समृद्धिलाई प्रवर्द्धन गर्न केन्द्रित रहेको विदेश मन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।

सभापति लामिछानेले आजै गृहमन्त्री अमित शाहसँग भेट गर्ने तय भएको छ।

भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट हुनसक्ने जनाइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ