+
Search

ताजा अपडेट +

पपुलर +

दोस्रो त्रैमास रिर्पाेट :

माछापुच्छ्रे बैंकको नाफा २५.२४% बढ्यो, खराब कर्जा नियन्त्रणमा सफलता

पालिका लाइभ
२०८२ माघ १०, शनिबार

काठमाडौं– माछापुच्छ्रे बैंक बैंकको नाफा बढेको छ।

चालु आर्थिक वर्ष दोस्रो त्रैमास (पुस मसान्त)सम्म बैंकको नाफा २५.२४ प्रतिशतले बढेर १ अर्ब १ करोड ११ लाख रुपैयाँ पुगेको छ। अघिल्लाे वर्षकाे यही अवधिमा बैंकले ८० करोड ७३ लाख रुपैयाँ खुद नाफा गरेको थियो।

ब्याज आम्दानीसँगै फी कमिसन बढ्दा बैंकको नाफा सुधार आएको हो। कर्जा नोक्सानी भने बढेको छ।

चालु आवको ६ महिनामा बैंकले कर्जा नोक्सानीबापत ५७ करोड ४२ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ। बैंकले पोहोर ६ महिनामा २० करोड ४७ लाख रुपैयाँ प्रोभिजनिङ गरेको थियो।

६ महिनामा बैंकको ब्याज आम्दानी ४.१५ प्रतिशतले बढेर २ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। फी कमिसन शुल्क २२.१२ प्रतिशतले बढेर ८२ करोड ७ करोड रुपैयाँ पुगेको छ। पोहोर ६ महिनामा बैंकको ब्याज आम्दानी २ अर्ब ८२ करोड ३६ लाख र फी कमिसन शुल्क ६७ करोड २१ लाख रुपैयाँ थियो।

बैंकले खराब कर्जा घटाएको छ। पोहोर दोस्रो त्रैमासमा ४.५४ प्रतिशत रहेको बैंकको खराब अहिले ४.२५ प्रतिशतमा आएको छ। बैंकको पुँजीकोष अनुपात १२.१६ प्रतिशत छ। वितरणयोग्य मुनाफा ४३ करोड ६३ लाख छ। पोहोर ६ महिनामा १६ करोड ६२ लाख थियो।

पोहोर ९.२० प्रतिशत रहेको प्राथमिक पुँजीकोष अनुपात ८.८२ प्रतिशत पुगेको छ। बैंकको आधार दर ५.४८ प्रतिशतमा झरेको छ। प्रति सेयर आम्दानी १६.७३ रुपैयाँ र प्रति सेयर नेटवर्थ १६१.६ रुपैयाँ पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ