+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकी प्रदेशका लागि लोकसेवाले माग्यो ठुलो संख्यामा कर्मचारी (सूचनासहित)

पालिका लाइभ
२०८२ पुष ११, शुक्रबार

काठमाडौं- गण्डकी प्रदेश लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी माग गरेको छ।

लोकसेवा आयोगको गण्डकी प्रदेश कार्यालय, पोखराले आज सूचना जारी गर्दै स्थानीय सेवाको चौथो तहका प्राविधिक र अप्राविधिक दुईसय ७२ पदहरूका लागि दरखास्त आह्वान गरेको हो।

कार्यालयले सब इन्जिनियर, प्राविधिक सहायक, पशु प्राविधिक, अनमी, अहेब, लेखा सहायक, प्रशासन सहायकसहितका पदहरूका लागि दरखास्त आह्वान गरेको हो।

कार्यालयले आज सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो।

विभिन्न स्थानीय तहहरूबाट पदपूर्तिका लागि माग भई आएका चौथो तहका रिक्त पदहरूमा खुला तथा समावेशी आधारमा प्रतिस्पर्धा गरेर कर्मचारी भर्ना गरिने सूचनामा उल्लेख छ।

हेर्नुहोस् सूचना

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ