मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
वैदेशिक रोजगारमा सफलता मिल्नेछ । कार्यक्षेत्रमा संघर्ष गर्नुपर्ला । सवारी साधन चलाउँदा सावधान रहनुहोला । आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आँटेको कार्यमा सफलता मिल्नेछ । राज्यपक्ष वा प्रशासनिक सहयोगबाट कुनै विशिष्ट कार्य सम्पादन गर्नमा सहायता मिल्नेछ । आय आर्जनका नयाँ स्रोतहरू फेलापर्नेछन् । आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
महत्वकांक्षी योजनाहरू पूरा हुनेछन् । सभा समारोहमा सम्मानित भइएला । नोकरी वा पेशामा अधिकारी वर्गहरू हजुरको लागि सहयोगी हुनेछन् । आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आत्मविश्वास वा स्पष्ट दृष्टिकोणमा उल्लेखनीय वृद्धि हुनेछ । उच्च शिक्षालाई लिएर नयाँ अवसरहरू मिल्नेछन् । नयाँ नोकरीको खोजीमा सफलता मिल्नेछ । आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सृजनात्मक गतिविधिहरूमा रुचि बढ्नेछ वा नवीन विचारहरू कार्यान्वयन गर्न सकिनेछ । अबसरवादीहरूबाट सावधान रहनुहोला । धर्म कर्मतर्फ मन जानेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
अरुको लागि बुद्धि र धन खर्च गर्नुपर्ला । कार्यक्षेत्रमा तपाईँको योग्यता वा दक्षतामाथि पुनः विश्वास पुष्ट हुनेछ । जीवनसाथीको साथ र सहयोग पाइनेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्यक्षेत्रमा धैर्य वा सजगताको साथमा विवेकपूर्ण निर्णय लिन आवश्यक हुनेछ । व्यवहारलाई सरल राख्ने प्रयास गर्नुहोला । नयाँ कामको थालनी हुनेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रेम सम्बन्धलाई दाम्पत्य यात्रामा रुपान्तरण गर्न अनुकूल समय रहको छ । परिवार वा आफन्तहरूको साथले कठिन कार्य पनि सरलतापूर्वक सम्पादन गर्न सकिनेछ । विद्यार्थीहरूको पढाइमा मन लाग्नेछ । आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
नयाँ अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । व्यक्तिगत वा व्यावहारिक त्रुटीले आलोचना हुन सक्छ । राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ । आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
गृहणिहरूको धार्मिक वा आध्यात्मिक क्षेत्रमा समय व्यतीत हुनेछ । भविष्यलाई लिएर योजनाहरु कोरिनेछन् । स्वास्थ्य सबल रहनेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आर्थिक पक्ष सबल रहनेछ । व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला । सन्तुलित आहार अपनाउनुहोस् । आफन्तहरूबाट साथ पाइनेछ । विद्यार्थीहरूको अध्ययनमा मन लाग्नेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ । गोप्य कुराहरू सार्वजनिक नगर्नुहोला । योग्यताको मूल्यांकन हुनेछ । प्रभावशाली व्यक्तित्व निर्माण गर्ने समय रहेको छ । आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ ।
प्रतिक्रिया