मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कम उपलब्धि भए पनि अवसर खोज्ने समय छ। प्रयत्नले बिस्तारै काम बन्नेछ। कुनै सामाजिक जिम्मेवारीको प्रस्ताव समेत आउनेछ। तर अवराेध पुर्याउनेहरू भित्रभित्रै सक्रिय हुने हुँदा पछि हट्नुपर्ने स्थिति आउन सक्छ। हतारिएर नयाँ याेजना अघि नसार्नुहोला। तत्काल फलप्राप्तिकाे चाहना पूरा नहुन सक्छ। तर प्रयास गर्दा पुराना समस्या सुल्झाउन सकिनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
चिताएकाे काम राेकिनाले पछि दोहोर्याउनुपर्ला। यात्रामा कष्टपूर्ण हुनाले शरीर शिथिल बन्नेछ। स्वास्थ्य कमजोर रहनेछ र औषधि–उपचारमा खर्च बढ्नेछ। सानाे उपलब्धिका लागि धेरै श्रम गर्नुपर्ने समय छ। कमजाेर नतिजा सच्याउन काम दोहोर्याउनैपर्ने हुन सक्छ। लगनशीलताले लाभ दिलाउनेछ। सानाे कमजाेरीले गाेपनीयता बाहिरिन सक्छ, सजग रहनुहोला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
प्रियजनसँग रमाइलाे भेटघाट हुनेछ। साथीभाइको सहयोगले काममा उत्साह मिल्नेछ। भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ। आम्दानी बढाउने काम सुरु हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा गर्ने साइज जुर्न सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ। पेसा–व्यवसायमा मनग्य लाभ उठाउन सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अवसरका साथसाथै चुनौती पनि देखा पर्नेछन्। आगन्तुकहरूले अलमल्याउने हुनाले जीवनशैली व्यस्त रहनेछ। खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। परिस्थिति अनुकूलै देखिए पनि काम बिग्रने डरले सताउनेछ। अध्ययनमा धेरै समय जुट्न नसकिएला। फाइदा उठाउन निकै मिहिनेत गर्नुपर्ने देखिन्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
प्रक्रिया नमिल्नाले केही काम दोहोर्याउनुपर्ला। हिस्सेदारसँग असमझदारी बढ्ने सम्भावना छ। पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। कृषि र पशुधनबाट मनग्य लाभ उठाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। पेसा–व्यवसायमा पनि फाइदा उठाउने समय छ। नयाँ काम गर्ने अवसर समेत जुट्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
कर्मयोगले नयाँ मोड लिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। पुरुषार्थले काममा सफलता दिलाउनेछ। नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समयमा आफ्नो हक दाबी गर्न नसक्दा कम मात्र लाभांश प्राप्त हुनेछ। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। धेरै मिहिनेतले मात्र चिताएको काम बन्नेछ। बोलीको प्रभाव कमजोर रहनेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
लगनशीलताले बिस्तारै उपलब्धि दिलाउनेछ। प्रयत्न गरेका काम ढिलै भए पनि सम्पादन हुनेछन्। बलभन्दा बुद्धिको उपयोगले लाभ उठाउन सकिनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला। व्यावसायमा अलमल हुन सक्छ। ईर्ष्या गर्नेहरूले बाधा पुर्याउनेछन् भने सहयोगी जुटाउन निकै प्रयत्न गर्नुपर्ला। अरूकाे भरपर्दा अन्त्यमा काम बिग्रन सक्छ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
अर्थ अभावले काम पूर्ण नहुन सक्छ। कमजाेरी सच्याउन काम दोहोर्याउनुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला। सरसापटमा धन बाहिरिन सक्छ। धेरै लगानी गर्दा कममात्र फाइदा हुनेछ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
श्रमको उचित मूल्यांकन हुनेछ भने लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ। प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने सम्भावना छ।
प्रतिक्रिया