+
Search

ताजा अपडेट +

पपुलर +

हार्दिक आईभीएफको निःशुल्क आईयूआई क्याम्प १५ भदौसम्म चल्ने

पालिका लाइभ
२०८२ श्रावण २१, बुधबार

काठमाडौं– काठमाडौंस्थित हार्दिक आईभीएफ तथा फर्टिलिटी सेन्टरले सञ्चालन गरेको निःशुल्क आईयूआई क्याम्प आगामी १५ भदौसम्म विस्तार गरिएको छ ।

यस विशेष क्याम्पमा अहिलेसम्म ३ सयभन्दा बढी दम्पतीले सेवा लिइसकेको र धेरैले सफल गर्भधारण गरेको सेन्टरले जनाएको छ ।

क्याम्पले थुप्रै परिवारमा नयाँ आशा र खुसी ल्याएको सेन्टरको भनाइ छ ।

हार्दिक आईभीएफ एक आईएसओ प्रमाणित संस्था हो, जुन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सेवा प्रदान गर्दै आएको छ । यहाँका सेवा गुणस्तरीय, सुलभ मूल्यमा उपलब्ध छन् र हालसम्म २ हजारभन्दा बढी दम्पतीले सेवा लिइसकेको सेन्टरले जनाएको छ ।

सेन्टरमा डा. अर्चना शाक्य, डा. निसुमा सेढाईं र डा. स्वेता ढकाल गरी तीन अनुभवी प्रजनन विशेषज्ञ चिकित्सक कार्यरत छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ